मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

धीरज र उपासनाको ‘खुस्मा’ संविधान दिवसमा आउने

फिल्मीखबर, काठमाडौं, 2024/04/26

Khusma

 

अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले पहिलोपटक सहकार्य गरेको फिल्म ‘खुस्मा’को छायांकन नसकिँदै प्रदर्शन मिति घोषणा गरिएको छ । संविधान दिवसको सार्वजनिक विदालाई लक्षित गर्दै आगामी असोज ३ गते अर्थात् बिहीबारबाट फिल्म प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले यसै साताबाट फिल्मको दोस्रो चरणको छायांकन सुरु गर्दै प्रदर्शन निश्चित गरेको हो ।

फिल्मको पहिलो चरणको छायांकन गत माघमा मनाङमा गरिएको थियो । दोस्रो चरणको छायांकन बिहीबारबाट मगर समुदायको उद्गम स्थल मानिने पूर्वी रुकुमको मैकोट गाउँमा भैरहेको छ । छायांकनभन्दा अगाडि धीरज र उपासनाले घोडसवारी सिकेका थिए । मगर समुदायको परिवेशमा निर्माण हुन लागेको ‘खुस्मा’ले माओवादी-सशस्त्र युद्धको प्रभावबीच अंकुराएको प्रेमलाई देखाउनेछ ।

अशोक थापा मगरको लेखन तथा निर्देशन रहेको फिल्मको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन् । मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी सह-निर्माता हुन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दिपक बज्राचार्यको छायांकन छ । फिल्ममा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा आदिको पनि अभिनय रहेको छ ।