मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

असार १४ मा ‘आँखा’, फर्स्टलुकमा निशादेखि बुद्धिसम्म

फिल्मीखबर, काठमाडौं, 2024/04/26

aankha movie

 

‘१२ सत्ताइस’ फेम्ड निर्देशक जौन योञ्जनको दोस्रो निर्देशकीय फिल्म ‘आँखा’को आगामी असार १४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दुई पोस्टरमध्ये एउटामा फोहोरको डंगुरमा सूर्यमुखी फूल फक्रिएको देखिन्छ भने अर्को पोस्टरमा आँखाको आकृतिभित्र फिल्मका कलाकारहरु क्यारेक्टर लुक्समा प्रस्तुत छन् । कोही गम्भीर त कोही हर्षित भावमा देखिन्छन् ।

आधुनिक समाजमा तल्लो वर्गले बाँच्नका लागि गर्ने संघर्षमा फिल्म बनेको निर्देशक योञ्जनले बताए । उनी भन्छन्, ‘मानवता, सामाजिक दबाब, नैतिक र गरिबी जस्ता विभिन्न जटिल विषयवस्तुहरु अन्वेषण हुन जरुरी छन् । यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको संघर्ष र बाँच्नका लागि मानिसहरू समयको कति लामो गहिराईसम्म जान्छन् भन्ने दृष्टिकोण हो । दुःख र एक्लोपनभित्रको रमाइलो कथा ‘आँखा’ हो ।’

निर्देशक योन्जन स्वयंको कथा तथा पटकथा लेखन रहेको फिल्ममा निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, स्मिता लामिछाने, आरके मेहता, अभयराज बरालसहित बाल कलाकारमा प्रसन राईको अभिनय छ । स्मिता लामिछाने फिल्मकी निर्मात्री समेत हुन् ।

कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, दीपक आरजेको संगीत तथा रेवन्तविक्रम थापाको द्वन्द्व निर्देशन छ । ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो फिल्म तयार भएको हो ।