Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5443 - 5448 of 24027
फिल्मीखबर, काठमाडौं, 2022-08-19, शुक्रवार

आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको मल्टीस्टारर फिल्म ‘प्रेमगीत ३’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर नेपाली र हिन्दी भर्सनमा दोस्रो टिजर सार्वजनिक गरेको हो । हिन्दी टिजर जी म्यूजिक कम्पनी र नेपाली टिजर ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2022-08-19, शुक्रवार

झरना थापाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘भगवत् गीता’को थिम टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा फिल्मको प्रदर्शन मिति २०८० सालको बैशाख १ गतेलाई उल्लेख छ । २ मिनेट २३ सेकेन्डको टिजरमा अभिनेत्री सुहाना थापा मात्र फिचर छिन् । टिजर जानकी मन्दिरमा खिचिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2022-08-19, शुक्रवार
फिल्मीखबर, काठमाडौं, 2022-08-18, बिहिवार

फिल्ममा निर्देशकभन्दा पहिला कलाकार फाइनल भएका उदाहरण सम्भवतः संसारमै छैनन् । किनकि, फिल्मको कुन चरित्रमा को सुहाउँछ भन्ने निर्णय निर्देशकले गर्ने हो । तर, कहीँ नभएको जात्रा हाँडिगाउँमा भनेझैं केही नेपाली फिल्ममा निर्माताले कलाकारसँग सम्झौता गरेपछि मात्र निर्देशक रोज्ने गर्छन् । यो गाईजात्रे परम्परालाई फिल्म ‘सायरा’का निर्माताले पनि निरन्तरता दिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-08-18, बिहिवार

अभिनेता अनमोल केसीसँग फिल्ममा जोडी बाँधेपछि अभिनेत्रीको करिअरले ‘पिकअप’ लिन्छ भनिन्छ । केही अभिनेत्रीको हकमा यो देखिएको पनि छ । तर, अनमोलसँग काम गरेर पनि खासै अगाडि बढ्न नसकेकी अभिनेत्रीमा पर्छिन्, अदिती बुढाथोकी । डेब्यू फिल्म ‘कृ’पछि उनी चार वर्ष मुम्बईमा हराइन् । यो बीचमा केही फिल्मबाट अफर पुगे पनि उनले काम गर्ने मन देखाइनन् ।

फिल्मीखबर, काठमाडौं, 2022-08-18, बिहिवार

भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने मन्त्रिपरिषदको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाईं आगामी सोमवारका लागि सरेको छ । यही सोमवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशसिंह राउतको एकल इजलासले अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा छलफलका लागि भदौ २ गते बिहीवार रिट निवेदक र सरकार दुवै पक्षलाई डोकेको थियो ।

Results : 5443 - 5448 of 24027
Most Visited News (monthly)