
भर्सटायल अभिनेताको रुपमा चिनिएका खगेन्द्र लामिछाने निर्देशित पहिलो फिल्म ‘पानीफोटो’को प्रदर्शन मिति हेरफेर गर्दै मोसन पोस्टर सार्वजनिक गरिएको छ । यसअघि भदौ १० गतेलाई प्रदर्शन मिति तोकिएकोमा अब फिल्म साउन १३ गतेबाट प्रदर्शनमा आउनेछ । मोसन पोस्टरमा पात्रहरुको मनोभाव दर्शाइएको छ । पोस्टरमा अनुप बराल र मेनुका प्रधानको लुक्सले ध्यान खिच्छ ।

बलिउड सुपरस्टार सलमान खानलाई धम्कीपूर्ण पत्रपछि दिनहुँ नयाँ-नयाँ खुलासा भइरहेको छ । प्रहरीको सोधपुछमा ग्याङस्टर लरेन्स बिस्नोइले सलमानलाई धम्की दिएको सौरभ महाकालले खुलासा गरेका छन् । अब यो खुलासा भएको छ कि लरेन्सले सलमानलाई धम्कीसँगै मार्नका लागि सार्पसुटर समेत पठाएका थिए तर, सफल नभएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

देवकुमार श्रेष्ठको निर्देशनमा फिल्म ‘डलर एयूडी’ निर्माण हुने भएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको फिल्मले अष्ट्रेलियामा बसेर पैसा कमाउनका लागि नेपालीले गर्ने संघर्षको कथालाई उठाइने जानकारी गराइयो । सन्तोष अधिकारीले निर्माण गर्ने फिल्मको छायांकन अष्ट्रेलियामा नै हुनेछ । सन्तोषले यसअघि ‘आमा’ फिल्म निर्माण गरेका थिए ।

नेपाली फिल्मको एउटा युग हाँकेका चर्चित अभिनेता राजेश हमालको उमेर र शारीरिक तन्दुरुस्तीलाई लिएर हमेशा चर्चा हुने गर्छ । उमेरले ६० नजिक पुगिसकेका उनी शारीरिक रुपमा भने नौजवान देखिन्छन् । यसैले उनी आफ्नो वास्तविक उमेर भन्नै चाहँदैनन् । कसैले उमेर सोध्यो भने उनी ‘भर्खर २१ वर्ष टेकेँ’ भन्दै जवाफ फर्काउने गर्छन् । यद्यपि, उनको वास्तविक उमेर सर्वविदितै छ ।


लामो समयपछि निर्देशनमा फर्किएका ज्ञानेन्द्र देउजाले फिल्म ‘झिँगेदाउ’को कोरोना महामारीभन्दा अगाडि एक गीतबाहेक सम्पूर्ण छायांकन सकाएका थिए । उनले गीत बाहेकको पोस्ट प्रोडक्सनको काम पनि पूरा गरिसकेका छन् । फिल्मको प्रदर्शन मिति नजिकिँदै गएपछि देउजाले गीतको छायांकन पनि भ्याएका छन् । ललितपुरस्थित श्रीकाली चौरमा गीतको छायांकन भएको हो ।

