Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5275 - 5280 of 23538
फिल्मीखबर, काठमाडौं, २०७९ ज्येष्ठ ३०, आईतवार

भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको अभिनेता प्रदीप खड्का र अभिनेत्री दीया मास्के अभिनीत फिल्म ‘प्रकाश’को चार देशका लागि ओभरसिज राइट्स विक्री भएको छ । टिजर सार्वजनिकपछि निर्माण टिमले महंगो मूल्यमा अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोप अधिकार विक्री गरेको हो । तर, चार देशमा कति मुल्यमा फिल्मको राइट्स विक्री भयो भन्ने खुलाइएको छैन । 

फिल्मीखबर, काठमाडौं, २०७९ ज्येष्ठ ३०, आईतवार
फिल्मीखबर, काठमाडौं, २०७९ ज्येष्ठ ३०, आईतवार

चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले १४औँ वार्षिकोत्सव मनाउँदै सात जना पत्रकारलाई सम्मान गरेको छ । शनिवार तुलसीपुरको रिपोटर्स क्लबमा एक कार्यक्रमका बीच संघका दाङ शाखाका अध्यक्ष शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा संघले वार्षिकत्सव मनाएको हो ।

फिल्मीखबर, काठमाडौं, २०७९ ज्येष्ठ ३०, आईतवार

अभिनेत्री वर्षा सिवाकोटीलाई संसारको सबैभन्दा शक्तिशाली देश अमेरिका पानी पधेरो झैं हुन थालेको छ । उनले वर्षमा एक वा दुईपटकसम्म अमेरिका भ्रमण गरेकै हुन्छिन् । श्रीमान् पनि अमेरिका बस्ने नै रोजेकी उनी विवाहपछि पहिलो पटक अमेरिका पुगेकी छन् । यतिबेला उनले सामाजिक सञ्जालमा श्रीमान् र आफन्तसँग अमेरिका घुमघामका तस्विरहरु पोस्ट गरिरहेकी छन् । 

फिल्मीखबर, काठमाडौं, २०७९ ज्येष्ठ २९, शनिवार

राष्ट्रियताको विषयमा फिल्म बनाउँदै आएका नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’को टिजर सार्वजनिक भएको छ । १ मिनेट १२ सेकेन्ड लम्बाईको टिजर एक्सन प्याक्ड छ । नेपाल र भारतको सीमा विवादको मुद्धालाई फिल्मले उठाएको टिजरले प्रस्ट्याउँछ । साउथ शैलीमा तयार पारिएको टिजरमा नवल एक्सन अवतारमा प्रस्तुत छन् । फिल्मप्रति कौतुहलता जगाउन टिजर सफल छ ।

फिल्मीखबर, काठमाडौं, २०७९ ज्येष्ठ २९, शनिवार

नेपाली फिल्ममा चकलेटी हिरोहरुको अभाव छ । केही वर्षयता अनमोल केसी र प्रदीप खड्काले लभस्टोरी फिल्मको भार थेगेर बसेका छन् । लभस्टोरी फिल्म बनाउन चाहने मेकरले सबैभन्दा पहिला उनीहरुलाई सम्झन्छन् । तर, उनीहरुले वर्षमा मुश्किलले दुईटासम्म फिल्म गर्ने भएकाले मेकरहरु विकल्प खोज्दै विभिन्न अभिनेतासम्म पुग्ने गर्छन् । त्यसमध्येमा पर्छन्, सलिनमान बनियाँ । 

Results : 5275 - 5280 of 23538