
जेठ १३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’ले कमाईमा नयाँ कीर्तिमानी बनाएको छ । प्रदर्शनको दुई हप्तामा फिल्मले १८ करोड ७८ लाख कमाएको जानकारी दिइएको थियो । तेस्रो हप्ताको सप्तान्हसम्म फिल्मले २० करोडमाथि कमाई गरेको दाबी निर्माण पक्षको छ । मंगलवार सर्वाधिक कमाई गर्ने फिल्म भन्दै निर्माण टिमले २० करोड लेखिएको एक पोस्टर जारी गरेको छ ।

विवाहभन्दा अगाडिसम्म अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीलाई फिल्मको खासै कमी थिएन । फिल्महरु असफल भइरहे पनि उनीहरुप्रति निर्माताको विश्वास कायम थियो । अफेयरमा रहँदा उनीहरुले आफूलाई अफर भएको फिल्म एकअर्कालाई सिफारिस समेत गरे । तर, बिहे भएर छोरीको माता-पिता भएपछि दुवै यूट्युबका लागि कन्टेन्ट बनाउन व्यस्त छन् ।

साउथमा निर्देशक एसएस राजामौलीले ठूलो नाम बनाएका छन् । ‘बाहुबली’ सिरिजले उनलाई विश्वभर पहिचान दिलाएको थियो । उनको नाम मात्रै पनि फिल्म चल्नका लागि काफी मानिन्छ । उनको पछिल्लो फिल्म ‘आरआरआर’ले विश्वभर ११ सय करोडभन्दा बढी कमाई गरेको थियो । यतिबेला उनी तेलुगू सुपरस्टार महेश बाबूलाई लिएर एडभेन्चर-थ्रिलर फिल्म बनाउने तयारीमा छन् ।

गत जेठ १३ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’ विभिन्न विवादमा पर्दै आएको छ । रिलिजको केही दिनमै अभिनेत्री मिरुना मगरलाई एक बौद्ध भिक्षुले सिनेमा हलमा ‘ब्याड टच’ गरेको घटनाले ठूलो रुप लियो । यसैक्रममा, फिल्ममा केटी नपाएर नायकलाई बौद्ध भिक्षु बनेको देखाइएकोप्रति आपत्ति जनाउँदै एक व्यक्तिले काठमाडौं जिल्ला प्रशासनमा उजुरी दिएका छन् ।

अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्मा फिल्म ‘प्रेमगीत’बाट लाइमलाइटमा आएका थिए । अहिले दुवैले बलियो स्टारडम बनाएका छन् । तर, उनीहरुबीच व्यक्तिगत सम्बन्ध राम्रो छैन । यद्यपि, अचानक भेट हुँदा उनीहरुले मित्रवत् व्यवहार देखाउने गरेका छन् । ‘प्रेमगीत’पछि एकसाथ काम नगरेका उनीहरुबीच कसको स्टारडम बलियो भन्नेमा अघोषित लडाइँ रहेको बताइन्छ ।

प्रायः चहलपहल हुने क्षेत्र हो, भक्तपुरको दरवार स्क्वायर । आन्तरिक र बाह्य पर्यटकका लागि यो आकर्षकको केन्द्रमा पर्ने गर्छ । आइतवार भने दरवार क्षेत्रमा अन्य दिनको तुलनामा बढी नै भीडभाड देखिन्थ्यो । यसको कारण थियो, असार ३१ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘सम्झना बिर्सना’को एक गीतको छायांंकन र गीतमा नाच्दै थिए अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ ।

