
कुनै बेला फिल्ममा अभिनय गर्न भ्याइनभ्याइ हुने गरेका सुपरस्टार भुवन केसी अचेल फुर्सदिला छन् । दुई हात भिजाएर पर्दामा हिरोइनसँग रोमान्स गर्न उमेर बाधक बन्न थालेपछि उनको सक्रियता फिल्म मेकिङमा बढेको छ । तर, फिल्म ‘क्याप्टेन’पछि उनले नयाँ फिल्म निर्माण गरेका छैनन् । तथापि, उनले तीनवटा फिल्म ‘एन्टी हिरो’, ‘पारस’ र ‘माइती घर २’ दर्ता गरेर राखेका छन् ।

कोरोना महामारीभन्दा अगावै निर्माण भएको अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनीत फिल्म ‘सम्हालिन्छ कहिले मन’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि तीन पटक प्रदर्शन मिति तोकेर पनि प्रदर्शन हुन नसकेको फिल्म अब आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । यही शुक्रवार एक गीत सार्वजनिक गर्ने तयारीमा निर्माण टिम जुटेको छ ।

रंगमञ्चले जन्माएको एक सशक्त कलाकार हुन्, दीया मास्के । हरेक प्रकारको चरित्रलाई जीवन्तता दिन सक्ने खुबी भएकी उनी अभिनयको साधक हुन् । ‘साघुँरो’, ‘फिटकिरी’, ‘सुनगाभा’ जस्ता फिल्ममा निर्वाह गरेको भूमिका र अभिनयबाट दर्शकमा दिल र दिमागमा अमिट छाप छोडेकी उनी चरित्र निर्माणमा पर्याप्त मिहिनेत गर्ने गर्छिन् । यसको ज्वलन्त उदाहरण फिल्म ‘प्रकाश’ हो ।

बलिउडका मल्टीस्टारर फिल्म ‘ब्रह्मास्त्र’को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ५२ सेकेन्ड लम्बाईको ट्रेलर जबर्जस्त बनेको छ । फिल्ममा अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट मुख्य भूमिकामा छन् । उनीहरु शिवा र इशाको चरित्रमा प्रस्तुत छन् । रणवीर (शिवा) सँग रहेको अदृश्य शक्तिले कसरी ब्रह्मान्डलाई खराब शक्तिसँग बचाउँछ भन्ने ट्रेलरबाट प्रस्ट्याउन खोजिएको छ ।

‘कृ’ फेम्ड निर्देशक सुरेन्द्र पौडेल निर्देशित तेस्रो फिल्म ‘बाबरी’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलवार कमलपोखरीमा रहेको बिग मुभिजमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘बाबरी रंग’ बोलको रोमान्टिक थिमको गीतमा फिल्मका मुख्य अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकी प्रस्तुत छन् । गीतमा उनीहरुबीचको प्रेम र नोकझोंकलाई देखाइएको छ ।

चर्चित पार्श्व गायिका तथा मोडल इन्दिरा जोशी विवाह बन्धनमा बाँधिएकी छन् । उनले मंगलबार प्रेमी शरद केडियासँग चितवनको मेघौलीमा रहेको बाराही जंगल लजमा विवाह गरेकी हुन् । उनीहरुको विवाह समारोहमा दुई पक्षका सीमित परिवारको मात्र उपस्थिति रहेको थियो । विवाहअघि शरदसँग इन्दिरा तीन वर्षदेखि प्रेम सम्बन्धमा थिइन् । शरद पेशाले फेसन डिजाइनर हुन् ।

