
विवादकी पर्याय हुन्, पूजा शर्मा । उनी आफ्नै अभिव्यक्तिले बेला बखतमा नराम्रोसँग विवादमा तानिने गरेकी हुन्छिन् । गत वर्ष फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजको समयमा अभिनेता पल शाहको पक्षमा वकालत गर्ने क्रममा नाबालिगको चरित्रमाथि प्रश्न उठाउने अभिव्यक्ति दिएपछि उनको व्यापक विरोध र आलोचना भयो । यसपछि उनले मिडियासँग दुरी नै बनाएर बसेकी छन् ।

अभिनेता तथा राजनीतिज्ञ शत्रुघ्न सिन्हाले अभिनेता शाहरुख खानप्रति गुनासो पोखेका छन् । ड्रग्स मुद्धामा आर्यन खान गिरफ्तार हुँदा आफूले आर्यनको सपोर्ट गरेको भएपनि शाहरुखले अहिलेसम्म धन्यवाद नभएको उनको गुनासो छ । २०२१ अक्टोबर २ मा क्रुजबाट पक्राउ परेका आर्यनले २६ दिन हिरासतमा विताएका थिए । हालसालै उनलाई ड्रग्सको केशमा क्लिन चीट मिलेको छ ।

२०७० सालमा मदन पुरस्कार प्राप्त गरेको कृति ‘खलंगामा हमला : जुम्ला अ नर्स स्टोरी’माथि फिल्म निर्माण हुने भएको छ । राधा पौडेलद्वारा लिखित कृतिमाथि बन्न लागेको फिल्मको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरियो । विनोद विष्टले फिल्मको निर्देशन गर्नेछन् । उनले यसअघि झमक घिमिरेद्वारा लिखित पुस्तक ‘जीवन काँडा कि फूल’माथि फिल्म बनाएका थिए ।

शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वरपीपल’ गत वर्षको असोज २६ गते प्रदर्शन भएको थियो । प्रदर्शनको संघारमा हुँदा निर्देशक बस्नेतले ‘महानायक’ विवाद झिकेपछि त्यसको असर फिल्मको व्यापारमा पर्यो । दर्शक अभावले एक हप्ता पनि सिनेमा हलमा टिक्न नसकेको फिल्म यसै साता बुढासुब्बाको यूट्युबमा सार्वजनिक भएको छ । यूट्युबमा फिल्मको भ्यूज आक्रामक छ ।

अभिनेता अक्षय कुमार र पूर्व मिस वर्ल्ड मानुषी छिल्लर अभिनीत फिल्म ‘सम्राट पृथ्वीराज’ले बक्सअफिसमा आफ्नो प्रभाव बनाउन असफल देखिएको छ । पहिलो विकेन्डमा ३९ करोड ४० लाखको सन्तोषजनक कमाई गरेको फिल्मको चौंथो दिनको व्यापारमा ५० प्रतिशत गिरावट आएको छ । फिल्मले सोमवार ६ करोडको मात्र कलेक्सन गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

फर्स्टलुक पोस्टर, टिजर र ट्रेलरबाट ठूलो हाइप बनाएको फिल्म ‘चिसो मान्छे’ आगामी असार ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । समाजभित्रको गम्भीर विषयलाई सुक्ष्म रुपमा उठाउँदै आएका दीपेन्द्र के. खनालले निर्देशन गरेका कारण यो फिल्मप्रति दर्शक र फिल्मकर्मीमा उच्च अपेक्षा छ । ट्रेलर हेर्दा ‘पशुपति प्रसाद’ र ‘आमा’पछि उनको अर्को उत्कृष्ट फिल्म बनेको संकेत गर्छ ।

