Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5299 - 5304 of 24027
फिल्मीखबर, काठमाडौं, 2022-09-15, बिहिवार

बडा दशैंको अवसर पारेर आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाबरी’को तेस्रो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीतले लोकप्रियता हासिल गरेपछि उत्साहित भएको निर्माण टिमले बिहीवार ‘मायाका रंगहरु’ बोलको रोमान्टिक गीत यूट्युब रिलिज गरेको हो । गीतमा रचना रिमाल र सनुप पौडेलको युगल स्वर रहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2022-09-15, बिहिवार

यस वर्षको ‘क्लिन हिट’ फिल्म ‘झिँगेदाउ’लाई प्रदर्शनपूर्व विदेशका विभिन्न ठाउँमा बेच्न निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजाले ठूलै कसरत गरेका थिए । किनकि, विदेश राइट्सबाट फिल्मको लगानीको ठूलो हिस्सा उठ्ने गरेको छ । तर, देउजाको फिल्म किन्न ठूला देशका नेपाली वितरक राजी भएनन् । नेपालमा फिल्म हिट भएपछि भने यतिबेला विदेश राइट्स किन्न हानाथाप चलेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2022-09-15, बिहिवार

नेपाली भाषाको फिल्म ‘प्रेम गीत ३’ असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ । भारतमा फिल्मको हिन्दी डब रिलिज हुनेछ भने नेपालमा दुवै भाषा एकसाथ लाग्नेछन् । प्रदर्शन नजिकिँदै गरेपछि फिल्मको निर्माण कम्पनी आशुसेन फिल्मस्ले हिन्दी डबलाई नेपालमा प्रदर्शन गर्न नेपाली भाषाको फिल्म सरह अनुमति माग्दै बुधवार चलचित्र विकास बोर्डमा निवेदन बुझाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2022-09-15, बिहिवार

नेपालमा विदेशी फिल्मको सेन्सर मनपरी रुपमा हुँदै आएको छ । विदेशी फिल्मका वितरकहरुले प्रदर्शनको केही घन्टा अगाडि मात्र सेन्सरका लागि सिफारिस लिने गरेका छन् । यसखालको प्रवृति रोक्न चलचित्र विकास बोर्डले स्वदेशी र विदेशी फिल्मको हकमा कात्तिक १ गतेदेखि एक हप्ता अगाडि नै सेन्सरका लागि दरखास्त दिनुपर्ने निर्णय गरेको छ । बोर्डले बिहीवार कान्तिपुर दैनिकमा एक सूचना प्रकाशित गर्दै यसबारेमा जानकारी गराएको हो ।

फिल्मीखबर, काठमाडौं, 2022-09-15, बिहिवार

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । फिल्मको डिजिटल राइट्स खरिद गरेको कम्पनी जी-२१ डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको टिजरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ । काठमाडौंमा घर किन्न संघर्ष गरिरहेका र घर भएर पनि लुकाउन बाध्य पात्रहरुको दौडधुपमा टिजर केन्द्रित छ ।

एजेन्सी, मुम्बई, 2022-09-14, बुधवार

बलिउड सुपरस्टार रणबीर कपूर अभिनीत फिल्म ‘ब्रह्मास्त्र : शिवा’ले भारतीय बक्सअफिसमा आक्रामक कलेक्सन गरिरहेको छ । प्रदर्शनको तीन दिनमै सय करोडको आँकडा सजिलै पार गरेको फिल्मको भिएफएक्स पार्टलाई सर्वाधिक रुचाइएको छ । अब यो फिल्मको दोस्रो पार्ट ‘देवा’को प्रतिक्षा दर्शकमा व्यग्र छ । तर, यो फिल्मको दोसो पार्ट हेर्न झन्डै तीन वर्ष पर्खिनु पर्ने देखिएको छ ।

Results : 5299 - 5304 of 24027
Most Visited News (monthly)