
दीपकराज गिरी र दीपाश्री निरौला समुहको फिल्म ‘छक्का पञ्जा ४’को मुहूर्त भएर छायांकन सुरु भएदेखि प्रदर्शन मितिलाई लिएर फिल्म क्षेत्रमा चासो सुरु भएको थियो । किनकि, यो ब्रान्डको न एक हप्ता वर न एक हप्ता पर कुनै फिल्म प्रदर्शन हुन चाहन्छन् । यसका अघिल्ला श्रृंखलाको व्यापारिक नतिजाले पनि भन्छ- ‘छक्का पञ्जा’ ब्रान्डसँग भिड्नु भनेको बाघको मुखमा हात हाल्नु हो ।

पछिल्लो समय नेपाली फिल्मले लगानी उठाउन घरेलू बजारको मात्र भर गर्नुपर्ने अवस्था छैन । डिजिटल र ओभरसिज राइट्सबाट पनि निर्माताले ठूलो रकम हात पार्ने गरेका छन् । केही वर्षयता विदेशमा नेपाली फिल्म विक्री र प्रदर्शन हुने क्रम ह्वात्तै बढेको छ । यसले विदेशमा बस्ने नेपालीले नियमित रुपमा आफ्नो देशको फिल्म हेर्न पाइरहेका छन् भने निर्मातालाई पनि राहत मिलेको छ ।

५ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘कालोपोथी’पछि निर्देशक मीन भामसँग काम गर्न प्रायः हरेक चलेका नेपाली कलाकारले सपना पालेका छन् । तर, भाम फरक शैलीको फिल्म बनाउने भएकाले उनी कलाकारको लोकप्रियताभन्दा माथि उठेर पात्र चयन गर्छन् । ‘कालोपोथी’पछि नयाँ फिल्म ‘चिसो वर्ष’ बनाउनका लागि उनले प्रि-प्रडक्सनमै ५ वर्षभन्दा बढी समय विताइसकेका छन् ।

‘बाजीगर’ त्यो फिल्म हो, जुन शाहरुख खानको करिअरमा एउटा ठूलो टर्निङ पोइन्ट थियो । उनलाई बलिउडको किङ बनाउन यो फिल्मको ठूलो हात छ । तर, यो फिल्मका लागि उनी पहिलो रोजाई थिएनन् । निर्देशक अब्बास-मस्तानले शाहरुखभन्दा पहिला अभिनेता अनिल कपूरलाई फिल्म अफर गरेका थिए । तर, उनले काम गर्न अस्वीकार गरेपछि ‘बाजीगर’ शाहरुखले पाएका थिए ।

सम्भवतः नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड ‘प्रेमगीत ३’ले बनाउन सक्नेछ । निर्माणको समयदेखि जुन खालको हाइप फिल्मले बनाएको छ, त्यसको सिधा प्रभाव बक्सअफिसमा पर्नेमा दुईमत छैन । हिन्दीमा डब भएर भारतमा पनि प्रदर्शन हुन लागेकाले फिल्म कस्तो बनेको होला भन्ने कौहुलताले नै केही दिन नेपालका हलमा दर्शकको मेला लाग्ने देखिन्छ ।

हेमराज विसी निर्देशित फिल्म ‘छक्का पञ्जा ४’को प्रदर्शन मिति घोषणा भएको छ । शुक्रवार विहान लेखक, कलाकार तथा निर्माता दीपकराज गिरीले आफ्नो फेसबुकमा राजा पात्रको एक तस्विर पोस्ट गर्दै आगामी फागुन १९ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । पहिला यो फिल्मलाई तिहारको छेको पारेर कात्तिक ४ गते प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम थियो ।

