
यतिबेला फिल्म ‘प्रेमगीत ३’को हिन्दी डबको विवाद उत्कर्षमा छ । यस फिल्मका निर्माताले चलचित्र विकास बोर्डमा हिन्दी डबलाई नेपाली फिल्म सरह सेवा-सुविधा दिन माग गर्दै निवेदन बुझाएपछि फिल्म सम्बद्ध संघ-संस्थाहरु नै फरक-फरक कित्तामा उभिएका छन् । नेपाल चलचित्र संघ हिन्दी डबलाई नेपाली फिल्म सरह नै सुविधा दिनुपर्ने पक्षमा छ भने निर्माता संघ त्यसको विपक्षमा छ ।

प्रदर्शन मिति घोषणा गरेका फिल्मको भागाभाग नहुने हो भने यस वर्षको सबैभन्दा ठूलो भिडन्त आगामी फागुन १९ गते हुँदैछ । यो मितिलाई तीन फिल्म ‘वर एन्ड वधु’, ‘परस्त्री’ र ‘बुलाकी’ले प्रदर्शन मिति तोकेर बसेको अवस्थामा शुक्रवार फिल्म ‘छक्का पञ्जा ४’ले पनि प्रदर्शनका लागि यही मिति चयन गर्यो । ब्रान्ड फिल्म भिड्न आएपछि अन्य तीन फिल्मका निर्माताको होसहवास् उडेको छ ।

सम्भवतः नेपाली फिल्मको इतिहासमा ‘प्रेमगीत ३’को जति प्रतिक्षा र चर्चा अरु नेपाली फिल्मको भएको छैन । पहिलो पटक नेपाली फिल्म हिन्दीमा डब हुनुले पनि यो फिल्मप्रति सर्वाधिक चासो छ । अझ भनौं, देशकै चासो छ । यस हिसाबमा फिल्मले प्रदर्शनको दुई दिन (शुक्रवार र शनिवार) घरेलु बक्सअफिसमा आँधी ल्याउन सक्छ । किनकि, यो फिल्मको प्रतिक्षा नगर्ने युवापुस्ताको जमात भेट्न गाह्रो छ । आइतवारबाट भने फिल्मको व्यापार ‘वर्ड अफ माउथ’मा निर्भर रहनेछ ।

आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक फिल्म ‘नालापानी’ले विशेष सुझाव शोमा तारिफ बटुलेको छ । यसै साता काठमाडौँको विश्वज्योति हलमा आयोजित विशेष शोमा उपस्थिति फिल्मकर्मी तथा अन्य क्षेत्रका व्यक्तिहरुले फिल्मले उठाएको कथावस्तु, भिएफएक्स, ब्याकग्राउन्ड स्कोर, छायांकन, गीतसंगीत, कलाकारको अभिनय, निर्देशकीय पाटोको प्रशंसामा शब्द खर्चिए ।

फिल्म ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङबाट छायांकन सुरु भएको छ । शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा ४० दिनसम्म छायांकन हुनेछ भने केही प्रतिशत काठमाडौंमा गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्वःविवेक प्रयोग गरेर राजीनामा दिन सुझाव दिएका छन् । शनिवार आयोजित एक कार्यक्रममा उनले ‘प्रेमगीत ३’लाई लक्षित गरेर साँझको ११ बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने निर्णय गरेकाले सर्वोच्च अदालतमा असोज २ गते हुन लागेको सुनुवाईभन्दा अगाडि नै राजीनामा दिए इज्जत बढ्ने बताएका हुन् ।

