Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5113 - 5118 of 23836
एजेन्सी, मुम्बई, 2022-09-14, बुधवार

बलिउड सुपरस्टार रणबीर कपूर अभिनीत फिल्म ‘ब्रह्मास्त्र : शिवा’ले भारतीय बक्सअफिसमा आक्रामक कलेक्सन गरिरहेको छ । प्रदर्शनको तीन दिनमै सय करोडको आँकडा सजिलै पार गरेको फिल्मको भिएफएक्स पार्टलाई सर्वाधिक रुचाइएको छ । अब यो फिल्मको दोस्रो पार्ट ‘देवा’को प्रतिक्षा दर्शकमा व्यग्र छ । तर, यो फिल्मको दोसो पार्ट हेर्न झन्डै तीन वर्ष पर्खिनु पर्ने देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-09-14, बुधवार

सन् २०२३ मा विश्वव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको नेपाली फिल्म ‘गोर्खा वारियर’को यतिबेला लण्डनमा स्वरांकन (डविङ) को काम भइरहेको छ । हलिउड फिल्मका प्रख्यात डविङ आर्टिस्ट क्रिस्टोफर केन्टले फिल्मको टिजर र ट्रेलरमा आफ्नो स्वर दिएका छन् । उनले जेम्स बोन्डको फिल्म ‘नो टाईम टु डाई’, ‘फ्रोजन २’, ‘आर्टिमिस फल’ जस्ता हलिउड फिल्ममा स्वरांकन गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-09-14, बुधवार

केही दिनयता सामाजिक सञ्जालमा एक स्कूले बालिका साउथ फिल्म ‘पुष्पा’को ‘सामी सामी’ गीतमा नृत्य गरेको भिडियो भाइरल बनेको छ । नेपालको कुनै शहरी क्षेत्रको स्कूलमा अध्ययन गर्ने ती बालिकाको शारीरिक रुपमा तौल केही बढी भए पनि उनले जुन अदा, हाउभाउ र अन्दाजमा नृत्य गरेकी छन्, त्यसले धेरैको ध्यान खिचेको छ । ती बालिकाको नाम र ठेगाना भने खुलेको छैन । 

फिल्मीखबर, काठमाडौं, 2022-09-14, बुधवार

फिल्म ‘कृ’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी त्यसअघि मुम्बई बसेर मोडलिङ क्षेत्रमा संघर्ष गरिरहेकी थिइन् । डेब्यू फिल्म प्रदर्शनपछि उनी पुनः मुम्बई फर्किइन् । त्यो समयमा उनलाई केही फिल्मबाट प्रस्ताव समेत आएका थिए । तर, उनले फिल्ममा काम गर्ने मन देखाइनन् । अन्ततः उनले होम प्रोडक्सनको फिल्म ‘बाबरी’बाट चार वर्षपछि कमब्याक गर्ने निर्णय गरिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2022-09-14, बुधवार

पछिल्लो समय नयाँ नाममा फिल्म बनाउनभन्दा प्रदर्शन भइसकेकै फिल्मको नाम पछाडि एउटा अंक झुन्ड्याएर सिरिज बनाउने क्रम बढेको छ । सिरिज फिल्ममा ‘रिक्स जोन’ कम हुने भएकाले पनि निर्माताहरु यसतर्फ बढी आकर्षित भएका छन् । यसैक्रममा, निर्मात्री पुनम गौतमले पनि २०७६ सालमा प्रदर्शित आफू निर्मित फिल्म ‘मारुनी’को दोस्रो सिरिज निर्माण गर्ने तयारी गरेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-09-13, मंगलवार

गायिका तथा मोडल समीक्षा अधिकारीले आफूले भोगिरहेको एउटा दुखद् घटनामा क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग नगरेको र नलिएको बताएकी छन् । उनले मंगलवार फेसबुकमा स्टाटस लेख्दै क्षतिपूर्ति बापतको उक्त रकम (१० लाख रुपैयाँ) लिने आफ्नो मनसाय पनि नभएको उल्लेख गरेकी छन् । 

Results : 5113 - 5118 of 23836