
भारतीय कमेडियन राजू श्रीवास्तवको दिल्ली एम्समा उपचारको क्रममा बुधवार निधन भएको छ । ४१ दिनदेखि अस्पतालमा उनको उपचार भइरहेको थियो । उनको परिवारले राजू श्रीवास्तवको निधनको पुष्टि गरेको हो । १० अगस्टमा जिममा एक्सरसाइज गर्ने क्रममा उनको स्वास्थ्य अचानक विग्रिएको थियो र अस्पताल भर्ना गरिएको थियो । चिकित्सकले हार्ट अट्याक पुष्टि गरेका थिए ।

प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म ‘महापुरुष’को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘बेमौसमी’ बोलको रोमान्टिक गीतमा दुई पुस्ताको प्रेमलाई देखाइएको छ । गीतको भिडियोमा हरिवंश आचार्य र गौरी मल्लसँगै डेब्यू कलाकार अरुण क्षेत्री र अञ्जना बराईली फिचर्ड छन् । गीतको अडियो र भिडियो पक्ष सशक्त छ ।

काठमाडौंमा केन्द्रित रहेर प्रचार-प्रसार गरिरहेको फिल्म ‘बाबरी’को टिमले मोफसल दौडाहा सुरु गर्ने भएको छ । असोज ५ गते पूर्वको विर्तामोडबाट सुरु गरिने मोफसल यात्रा देशका ६ ठूलो सहरमा आयोजना हुने निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । असोज ६ गते इटहरी, ७ गते नारायणगढ, ८ गते बुटबल र ९ गते पोखरामा फिल्मको टिमले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नेछ ।

असोज २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको मल्टीस्टारर फिल्म ‘२ नम्बरी’को शिर्ष गीत बनाउनका लागि निर्माण टिमले प्रतियोगिताको आयोजना गरेको थियो । फिल्मको नाममाथि गीत तयार गरेर पठाउनेमध्ये एक जनालाई नगद पुरस्कार प्रदान गर्ने निर्माण पक्षको घोषणाअनुरुप भुषण खतिवडाको गीत उत्कृष्ट बनेको छ । उक्त प्रतियोगितामा ६१ वटा गीत प्राप्त भएको थियो ।

फिल्म ‘प्रेमगीत ३’को हिन्दी डब नेपालमा चलाउन निर्माता तथा निर्देशक सन्तोष सेन र अभिनेता प्रदीप खड्काले अग्रजहरुलाई समेत विवादमा ल्याउने काम गरिरहेका छन् । जो आफू र फिल्मको विपक्षमा बोल्छ, जसलाई मिडियामा बोलेर होस् वा सामाजिक सञ्जालमा लेखेर, सन्तोष र प्रदीप दुवैले अग्रजलाई गर्नुपर्ने सम्मानको पनि चेत नराखी अपमानजनक अभिव्यक्ति दिइरहेका छन् ।

फिल्म ‘लुटेर’का निर्माता तथा वितरक गोपालकाजी कायस्थले नेपाल भाषाको फिल्म ‘इन्दिरा धिमे मैंचा’ निर्माण गर्ने भएका छन् । सोमवार भक्तपुरमा एक कार्यक्रमका बीच फिल्मको घोषणासँगै शुभ मुहूर्त गरियो । नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमाथि फिल्म निर्माण हुन लागेको हो । कायस्थले यसअघि पनि केही नेपाल भाषाको फिल्महरु बनाएका छन् ।

