Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5089 - 5094 of 23836
फिल्मीखबर, काठमाण्डौ, 2022-09-20, मंगलवार

आफूभन्दा सानालाई माया र ठूलालाई आदर-सम्मान गर्नु हाम्रो संस्कारको एक महत्त्वपूर्ण गुण र हिस्सा हो । अरुलाई सम्मान गर्दा आफूलाई पनि अरुले सम्मानको दृष्टिले हेर्छन् । तर, आधुनिक युगमा आफूभन्दा अग्रज र ठूलाबडालाई सम्मान गर्ने संस्कार लोप हुँदै गएको छ । समाजको मार्गदर्शक मानिने व्यक्तिहरु नै अग्रजको सम्मानभन्दा अपमान गर्न बढी उद्देलित छन् । फिल्म क्षेत्रको अहिलेको घटनाक्रम हेर्दा पनि त्यो देखिन्छ । 

फिल्मीखबर, काठमाडौं, 2022-09-19, सोमवार

अहिलेका बच्चाहरुले नेपालीभन्दा हिन्दी भाषा चाँडै सिकिसकेका हुन्छन् । टीभी तथा अन्य डिजिटल प्लेटफर्मबाट भारतीय फिल्म, गीतसंगीत, सिरियल सजिलै हेर्न पाइने हुँदा नेपालमा नेपालीभन्दा हिन्दी भाषा बोल्ने र बुझ्नेको संख्या बढ्दो छ । यसले दीर्घकालिन रुपमा नेपाललाई पार्ने प्रभाव भयावह देखिन्छ । तर, नेपालमा बढ्दो भाषा अतिक्रमणको बारेमा राज्य मौन छ । कुनै चिन्ता छैन ।

फिल्मीखबर, काठमाडौं, 2022-09-19, सोमवार

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) को मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’बाट नेपाली फिल्म क्षेत्रले नयाँ अनुहार पाउने भएको छ । यो फिल्मबाट अन्जना बराईलीले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । मोडलिङ र म्यूजिक भिडियोमा अभिनय गरेकी उनी अडिसनमार्फत् यो फिल्ममा छनोट भएकी हुन् । उनी फिल्ममा मदनकृष्ण श्रेष्ठकी छोरी प्रतिष्ठाको भूमिकामा छिन् । 

फिल्मीखबर, काठमाडौं, 2022-09-19, सोमवार

९५औं द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (ओस्कार) मा नेपालबाट सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’लाई पठाइने भएको छ । ओस्कारका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिको सोमवार बसेको बैठकले आवेदन प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो । यो फिल्म अहिले प्रदर्शनरत छ ।

फिल्मीखबर, काठमाडौं, 2022-09-19, सोमवार
२०७८ सालको कात्तिकमा नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइँ’को एक पोस्टर सार्वजनिक भएको छ । हिउँले सेताम्मे नेपालको हिमालको दृश्यलाई पृष्ठभूमिमा सजाएर सार्वजनिक गरिएको पोस्टरमा फिल्मका प्रमुख तीन कलाकारहरु अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानी प्रफुलित मुद्रामा प्रस्तुत छन् । पोस्टरले नेपालको हिमाली क्षेत्रको यात्रामा निस्किएका उनीहरुको मित्रता बोल्छ ।
फिल्मीखबर, काठमाडौं, 2022-09-19, सोमवार

हरेक वर्ष संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई मानपदवी, अलङ्कार तथा पदकबाट विभूषित गरिँदै आएको छ । यस वर्षको संविधान दिवसको अवसरमा ९ सय ९८ जना विभूषित हुने भएका छन् । सोमवार विभूषित हुनेहरुको नामावली सार्वजनिक गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुनेमा कला क्षेत्रबाट ३८ जना परेका छन् । 

Results : 5089 - 5094 of 23836