Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5065 - 5070 of 24029
फिल्मीखबर, काठमाडौं, 2022-11-16, बुधवार

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डका प्रमुखबीच फिल्मको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ । बुधवार पर्यटन बोर्डमा भएको छलफलमा बोर्डका सीइओ धनञ्जय रेग्मी र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसँगै वितरक तथा निर्माता सुनिल मानन्धर, चलचित्र विकास बोर्डका सल्लाहकार सदस्य विधान कार्कीलगायतको पनि उपस्थिति रहेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2022-11-16, बुधवार

म्यूजिक भिडियो हुँदै ‘नाईं नभन्नू ल ४’बाट फिल्ममा चम्किएका अभिनेता पल शाहको जीवनमा यतिबेला ठूलो संकट आएको छ । एक नाबालिगले बलात्कारको जाहेरी दिएपछि उनले ९ महिनादेखि जेल जीवन विताइरहेका छन् । गत भदौमा नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोग मुद्धामा उनलाई २ वर्ष ६ महिना जेल सजाय सुनायो । उनी अहिले तनहुँ जिल्ला कारागारमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-11-16, बुधवार

नेपाली फिल्ममा सफल निर्देशकको चर्चा हुँदा छुट्नै नसक्ने नाम हो, प्रदीप भट्टराई । पहिलो फिल्म ‘जात्रा’बाटै आफूलाई सफल र अब्बल निर्देशकको रुपमा स्थापित गरेका उनले ‘शत्रु गते’ र ‘जात्रै जात्रा’बाट हिटमा ह्याट्रिक गरे । यतिबेला उनी निर्देशित चौंथो फिल्म ‘महापुरुष’ प्रदर्शनरत छ र यो पनि सुपरहिट भइसकेको छ । लगातार चार सफल फिल्म दिने निर्देशक नेपालमा कमै छन् ।

एजेन्सी, मुम्बई, 2022-11-15, मंगलवार

बलिउड सुपरस्टार आमिर खान फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ रिलिजको चार वर्षपछि आफ्नै होम प्रोडक्सनको फिल्म ‘लाल सिंह चढ्ढा’बाट अभिनयमा फर्किए । यस वर्षको जुलाईमा प्रदर्शन भएको यो फिल्मप्रति उनलाई ठूलो अपेक्षा थियो । तर, केही वर्षयता बलिउडमा देखापरेको संकटले उनको फिल्मलाई पनि सती लग्यो । १ सय ८० करोडमा बनेको यो फिल्मले लगानी पनि उठाएन ।

फिल्मीखबर, काठमाडौं, 2022-11-15, मंगलवार

संघारमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा यसपटक विभिन्न क्षेत्रबाट नेपाली कलाकारहरुले पनि उम्मेदवारी दिएका छन् । कोही पार्टीबाट उम्मेदवार बनेका छन् भने कोही स्वतन्त्र उठेका छन् । यतिबेला धेरैको चासो मोरङ क्षेत्र नम्बर ३ मा छ । किनकि, यो क्षेत्रमा नेपाली फिल्मकी चर्चित अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छन् ।

Results : 5065 - 5070 of 24029
Most Visited News (monthly)