Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5077 - 5082 of 24029
फिल्मीखबर, काठमाडौं, 2022-11-14, सोमवार

युवा पुस्तादेखि वृद्ध-वृद्धासम्मले चिन्ने नाम हो, रेखा थापा । नेपाली फिल्म नहेरेकालाई पनि उनको नाम र अनुहार अपरिचित होइन । झन्डै तीन दशक लामो अभिनय करिअरमा उनले बनाएको छवि र पहिचान नै उनलाई हरेक पुस्ताले चिन्ने बलियो आधार हुन् । एक समय नेपाली फिल्म क्षेत्रलाई काँधमा बोकेकी रेखा अब देशलाई काँध थाप्ने उद्देश्य बोकेर संसद् भवन छिर्ने प्रयासमा छिन् ।

फिल्मीखबर, काठमाडौं, 2022-11-13, आईतवार

भारतकी प्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९’ (निटफेस्ट २०२२) मा सहभागी हुन नेपाल आउने भएकी छन् । आगामी मंसिर ९ गते काठमाडौंमा उद्घाटन हुन लागेको महोत्सवमा अतिथिको रुपमा आजमीलाई आयोजक मण्डला थिएटरले आमन्त्रण गरेको हो । उनले महोत्सवको क्रममा ‘मास्टरक्लास’ पनि दिने कार्यक्रम छ ।

एजेन्सी, मुम्बई, 2022-11-13, आईतवार

२० वर्ष अगाडिको ब्लकबस्टर फिल्म ‘हेरा फेरी’को अब तेस्रो सिक्वेल निर्माण हुँदैछ । यो फिल्मका अघिल्ला दुवै श्रृंखलामा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता अक्षय कुमार नै ‘हेरा फेरी ३’मा देखिने चर्चा चलेको थियो । विभिन्न चरणमा अक्षयसँग निर्माता तथा निर्देशकको छलफल पनि भयो । तर, अब उनको सट्टा अभिनेता कार्तिक आर्यनलाई मुख्य भूमिकामा अनुबन्ध गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-11-13, आईतवार

महिला केन्द्रित फिल्म ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ । आइतवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट १८ सेकेन्ड लम्बाईको ट्रेलरमा अपहरणकारीको कब्जाबाट उम्कन दुई महिला पात्रले गरेको संघर्षलाई देखाइएको छ । अभिनेत्री रीस्ता बस्नेत बाकसभित्र कैद छिन् भने सुनिशा बजगाईंलाई हात-मुख बाँधेर यातना दिइएको छ । ट्रेलरले फिल्मप्रति आशा जगाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-11-13, आईतवार

लागूऔषध दुर्व्यसनीविरुद्धको कथामा निर्मित फिल्म ‘सरी मम’को ओएसटी गीत सार्वजनिक भएको छ । शनिवार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको प्रेम वियोग बोल्ने गीतमा प्रज्वल श्रेष्ठको गायन, नविन बोगटी र गायक श्रेष्ठको संगीत तथा शब्द रचना छ । अभिनेता राजेश हमाल र प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपा थापाको उपस्थितिमा गीत रिलिज गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2022-11-13, आईतवार

गत असोज अन्तिम साता नेपालमा प्रदर्शन भएको फिल्म ‘हिजो आजका कुरा’ले अमेरिकाबाट विदेश प्रदर्शन यात्रा सुरु गरेको छ । आइतवार (१३ नोभेम्बर) अमेरिकाको फेयरफ्याक्स सिटीस्थित सिनेमा आर्टस् थिएटरमा फिल्म प्रदर्शन हुँदैछ । निर्देशक साकार पन्तले १८ देखि २५ नोभेम्बरसम्म अमेरिकाको डल्लासस्थित सिनेपोलिस, इयुलेस एण्ड फन मुभी ग्रिलमा पनि प्रदर्शन हुने बताए ।

Results : 5077 - 5082 of 24029
Most Visited News (monthly)