
२० वर्ष अगाडिको हिट फिल्म ‘हेरा फेरी’को अब तेस्रो श्रृंखला निर्माण हुँदैछ । यसका अघिल्ला दुई श्रृंखलामा मुख्य भूमिकामा अभिनय गरेका अक्षय कुमारलाई तेस्रो सिरिजमा अभिनेता कार्तिक आर्यनले रिप्लेस गरेका छन् । निर्माताले महंगो पारिश्रमिकका कारण अक्षयलाई लिन नसकेको चर्चा छ भने अक्षयले स्क्रिप्ट चित्त नबुझेपछि काम गर्न स्वीकार गरेको स्पष्टिकरण दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोरङ क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा उम्मेदवार तथा चर्चित अभिनेत्री रेखा थापाले यही मंसिर ४ गतेको निर्वाचन बा पुस्ता र युवा पुस्ताबीचको जनमत संग्रह रहेको बताएकी छन् । आफूले विद्रोहको रुपमा उम्मेदवारी दिएको बताउने गरेकी उनले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई भ्रष्टाचारी र भ्रष्टाचार विरोधी पुस्ताको लडाईंको रुपमा समेत अर्थ्याएकी छन् ।

यही मंसिर ४ गते ५ वर्षका लागि हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा विभिन्न उम्मेदवारलाई समर्थन गर्दै कलाकारहरु पनि मैदानमा उत्रेका छन् । कोही पार्टीका उम्मेदवार जिताउने अभियानमा छन् भने कोही स्वतन्त्र उम्मेदवारको पक्षमा खुलेका छन् । यसअघिका निर्वाचनमा उम्मेदवारहरुलाई जिताउन कलाकारहरुको यसखालको सक्रियता देखिएको थिएन ।

सार्वजनिक व्यक्ति भएपछि उसको नीजि जीवन होस् वा व्यवसायिक, सबै सार्वजनिक हुन्छन् । कहिले काहिँ यी कुराले समस्या पनि निम्त्याउँछ । कतिपय अवस्थामा फाइदा पनि पुगेको हुन्छ । विशेषगरि, कलाकारहरुको नीजि र व्यवसायिक जीवनको बारेमा आम मानिस र मिडियाले निकै चासो दिने गरेका हुन्छन् । उनीहरुले गर्ने जुनसुकै गतिविधिले चर्चा र विवाद दुवै जन्माउन सक्छ ।


नेपालमा खिचिएको बलिउड फिल्म ‘उचाइँ’ले कम स्क्रिनका बावजूद विकेन्डमा राम्रो कमाई गर्यो । विकेन्डमा १० करोड ५० लाख कमाएको फिल्मको चौंथो दिनबाट कमाईको रफ्तार कमजोर बनेको छ । शुक्रवार १ करोड ८१ लाख, शनिवार ३ करोड ६४ लाख, आइतवार ४ करोड ७१ लाख कमाएको फिल्मले सोमवार १ करोड ८८ लाख र मंगलवार १ करोड ७६ लाखको मात्र कमाई गर्यो ।

