Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5047 - 5052 of 23836
फिल्मीखबर, काठमाडौं, 2022-09-28, बुधवार

भुटानी अभिनेत्री उगेन छोदेनले फिल्म ‘२ नम्बरी’बाट नेपाली फिल्ममा अभिनेत्रीको रुपमा डेब्यू गरेकी छन् । यो फिल्ममा उनको जोडी नेपाली सुपरस्टार दयाहाङ राईसँग बाँधिएको छ । असोज २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा उगेन भुटानी नागरिककै भूमिकामा रहेको मंगलवार सार्वजनिक ट्रेलरबाट अनुमान गर्न सकिन्छ । ट्रेलरमा उनको अभिनय स्वभाविक लाग्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2022-09-28, बुधवार

बरिष्ठ कलाकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप-कुलपति हरिहर शर्माले कलाका विभिन्न विधाहरुलाई एकिकृत गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलवार नेपाल म्युजिक भिडियो निर्देशक समाजद्वारा आयोजित ‘विजया दशमी २०७९ शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम’मा उनले कलाका सबै माध्यमको उद्देश्य आफ्नो कथा भन्नु रहेको धारणा राखे ।

फिल्मीखबर, काठमाडौं, 2022-09-27, मंगलवार
कात्तिक १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिलन’को नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो इसारा काफि छ’ बोलको रोमान्टिक गीतमा राजु सेन्चुरीको शब्द रचना तथा संगीत रहेको छ भने प्रविशा अधिकारी र कौशलराज खड्काको युगल स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका नायक कुशल शाह र नायिका शिल्पा थापा फिचर्ड छन् ।
फिल्मीखबर, काठमाडौं, 2022-09-27, मंगलवार

फिल्म ‘कबड्डी ४’को हिट जोडी दयाहाङ राई र सौगात मल्ल अभिनीत फिल्म ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १७ मिनेट लम्बाईको ट्रेलर कमेडी शैलीमा तयार पारिएको छ । ‘कबड्डी’ फ्लेवरको ट्रेलर मित्रता र प्रेमको वरिपरी घुमेको छ । ट्रेलरमा दयाहाङभन्दा सौगातको उपस्थिति सशक्त देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-09-27, मंगलवार

सन् २०१४ मा आएको अभिनेता अनमोल केसी र अभिनेत्री आना शर्माको हिट फिल्म हो ‘जेरी’ । यो अनमोलको दोस्रो फिल्म थियो भने आनाले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । अब, ७ वर्षपछि यही फिल्मको दोस्रो श्रृंखला निर्माण हुँदैछ । पहिलो श्रृंखलाकै निर्देशक हेमराज विसीले ‘जेरी २’को निर्देशन गर्दैछन् भने अनमोल मुख्य भूमिकामा फाइनल भइसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-09-27, मंगलवार

लोकप्रिय अभिनेत्री श्वेता खड्का आगामी मंसिरमा आमा बन्दैछिन् । अहिले उनको गर्भमा ७ महिनाको शिशु हुर्किरहेको छ । आमा बन्न लागेका कारण उनी महिनौंदेखि सार्वजनिक कार्यक्रममा पुगेकी थिइनन् । सोमवार भने आफू सम्मानित हुने एक कार्यक्रममा बेबी बम्पसहित उनले पहिलो पटक मिडियासँग साक्षात्कार गरिन् । आमा बन्न लागेको खुसी उनको अनुहारमा छल्किएको थियो ।

Results : 5047 - 5052 of 23836