Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5053 - 5058 of 24029
फिल्मीखबर, काठमाडौं, 2022-11-19, शनिवार

नेपालमा वर्षेनि कयैन् विदेशी फिल्मको छायांकन हुने गर्छन् । तर, एकाध फिल्मले मात्र नेपालको सुन्दरतालाई महत्त्व दिन्छन् । यतिबेला प्रदर्शनरत बलिउड फिल्म ‘उचाईं’ले भने नेपाल प्राकृतिक रुपमा कति सुन्दर र धनी छ भन्ने कुरा संसारलाई देखाएको छ । फिल्म हेर्नेको ध्यान नेपालको सुन्दरताले बढी खिच्छ । यसले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्न सक्ने देखिन्छ ।

एजेन्सी, मुम्बई, 2022-11-18, शुक्रवार

यस वर्षको सेप्टेम्बर अन्तिममा रिलिज भएको तमिल फिल्म ‘पोन्नियिन सेल्वन १’ले कमाईमा ठूलो रेकर्ड बनाएको छ । प्रदर्शनको ५० दिने यात्रामा रहेको फिल्मले विश्वभरबाट ५ सय करोड कमाएको छ । योसँगै यस वर्षका ‘केजीएफ २’ र ‘आरआरआर’पछि ५ सय करोडको कमाई गर्ने तेस्रो साउथ फिल्म बनको छ । फिल्मले भारतभर मात्रै ३ सय करोडभन्दा बढीको कमाई गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-11-18, शुक्रवार

राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटाको प्रवेश भएको छ । शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले उनीसँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा नम्रताको जोडी अभिनेता आमेश भण्डारीसँग बाँधिनेछ । उनीहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । नम्रताले स्क्रिप्ट र चरित्र राम्रो लागेपछि फिल्म साइन गरेको बताइन् ।

फिल्मीखबर, काठमाडौं, 2022-11-18, शुक्रवार

आगामी माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘ह्यारी कि प्यारी’को तीनवटा आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रवार अभिनेत्री साम्राज्ञी आरएल शाहको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको पोस्टरमा साम्राज्ञी र जितु नेपालको लभ केमेस्ट्री देखिन्छ । पोस्टरको माध्यमबाट फिल्म रोमान्टिक-कमेडी जनरामा निर्माण भएको जानकारी दिन खोजिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-11-18, शुक्रवार

२०२२ बलिउडका लागि विर्सनलायक वर्ष बन्ने देखिएको छ । २०२३ सुरु हुन दुई महिना पनि बाँकी नहुँदा बलिउडले जम्मा ५ वटा फिल्म (‘ब्रम्हास्त्र’, ‘भूल भूलैयाँ २’, ‘गंगुवाई ‘काठियावाडी’, ‘द कश्मिर फाइल्स’, जुग जुग जियो’) हिट पायो । अन्य कयैन् आशातित फिल्मले लगानी समेत उठाउन सकेनन् । त्यसमा आमिर खानको ‘लाल सिंह चढ्ढा’देखि ऋतिक रोशनको ‘विक्रम वेदा’सम्म पर्छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-11-17, बिहिवार

पुष १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक भएको छ । बिहीवार यूट्युब रिलिज भएको १ मिनेट १५ सेकेन्डको टिजर ‘पावरफुल’ छ । लभ, एक्सन, सस्पेन्स र थ्रिलर पक्षको समिश्रण रहेको टिजरमा अभिनेता आर्यन सिग्देल बदला भावमा प्रस्तुत छन् । उनको एक्सनले साउथ शैलीको झल्को दिन्छ । उनलाई रोमान्टिक मूडमा पनि देख्न सकिन्छ ।

Results : 5053 - 5058 of 24029
Most Visited News (monthly)