
मोरङ क्षेत्र नं. ३ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापा मत गणनाको सुरुवातदेखि नै तेस्रो स्थानबाट उक्लन सकेकी छैनन् । ६२ हजारभन्दा बढी मत गणना भएर अब ३५ हजार मत गन्न बाँकी हुँदा उनले जम्मा ६ हजार ८४२ मत प्राप्त गरेकी छन् । यो क्षेत्रबाट कांग्रेसका उम्मेदवार सुनिल शर्मा भारी मतसहित विजयी हुने लगभग पक्का देखिन्छ ।

फिल्म ‘प्रेमगीत’बाट सानदार रुपमा उदय भएका प्रदीप खड्का यतिबेला करिअरको उत्कर्षमा छन् । ‘प्रेमगीत’कै तेस्रो सिरिजले उनलाई सफलताको उचाईंमा पुर्याएको हो । हिन्दीमा डब भएर भारतको हलमा समेत प्रदर्शन भएको ‘प्रेमगीत ३’ले नेपालमा ठूलो कमाई गर्यो । भारतमा भने फिल्मले आशातित कमाई गरेन । तर, भारतीय बजारमा नेपाली फिल्मका लागि ढोका खोलेको छ ।

मंसिर १२ गते अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिदैछन् । नेपाल एयरलाइन्समा एयर होस्टेस रहेकी करिश्मा केसीसँग उनले विवाह गर्न लागेका हुन् । उनीहरु करिब ३/४ वर्षदेखि गहिरो प्रेम सम्बन्धमा थिए । विवाहको मिति नजिकिँदै गर्दा यतिबेला सलोनलाई भ्याइनभ्याइ छ । बुधवारबाट उनको विवाहको कार्यक्रम पर्यटकीय गन्तव्य चन्द्रागिरी हिल्स रिसोर्टमा सुरु भएको छ ।

प्यूठानबाट प्रदेशसभामा फिल्म निर्माता, कलाकार तथा निर्देशक रोज राणा (सरोज थापा) विजयी भएका छन् । प्यूठान प्रदेशसभा ‘ख’मा नेपाली कांग्रेसका राणा आफ्ना निकटतम प्रतिद्वन्दीभन्दा १ हजार ७१२ मत अन्तरले विजयी भएका हुन् । उनले २२ हजार ५१८ मत पाउँदा नेकपा एमालेका हरि रिजालले २० हजार ८०७ मत पाए । उनी प्यूठान क्षेत्र नं. २ को क्षेत्रिय सभापति समेत हुन् ।

निर्माताको रुपमा अत्यन्त सफल छविराज ओझाको वैवाहिक जीवन भने उतार-चढावपूर्ण छ । जेठी श्रीमती गिताञ्जली सुनुवारको निधनपछि छविले हेमा ओझासँग दोस्रो विवाह गरेका थिए । हेमाबाट एक सन्तान भएपछि उनीहरुको सम्बन्ध विग्रियो । त्यसपछि ओझाले रेखा थापासँग तेस्रो विवाह गरे । रेखासँग पनि उनको सम्बन्ध टिकेन । त्यसपछि उनले शिल्पा पोखरेललाई घर भित्राए ।

यही शुक्रवार अर्थात् मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको लभस्टोरी फिल्म ‘मिलन’को प्रदर्शनको तीन दिन अगावै गरिएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको छ । मंगलबार साँझ कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा उपस्थित पाहुनाहरुले फिल्मको कथावस्तु, कलाकारको अभिनय, छायांकन पक्ष, गीत-संगीतको प्रशंसा गरेका थिए ।

