Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4951 - 4956 of 23836
फिल्मीखबर, काठमाडौं, 2022-10-28, शुक्रवार

महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’ले प्रदर्शन यात्रा सुरु गरेको छ । ट्रेलर सार्वजनिक भएसँगै दर्शकको एउटा ठूलो वर्गले प्रतिक्षा गरेको यो फिल्म काठमाडौंसहित चितवन र पूर्वाञ्चलमा भएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएपछि थप प्रतिक्षीत बनेको थियो । अब यसको प्रभाव फिल्मको इनिसियल व्यापारमा पर्न सक्ने देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2022-10-27, बिहिवार

आज नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन भाइटीका ।  यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने गर्छन् । यो पर्व परापूर्वकालमा बहिनी यमुना र दाजु यमराजसँग जोडिएको पाइन्छ । बहिनी यमुनाले दाजु यमराजलाई विशेष सम्मान गर्दै भाइपूजा गरेको धार्मिक कथन छ ।

फिल्मीखबर, काठमाडौं, 2022-10-26, बुधवार

हरेक वर्ष चाडपर्वमा कयैन् गीतहरु सार्वजनिक हुने गरेका छन् । गीतसंगीतले चाडपर्वको महत्त्व मात्र झल्काउँदैन, रौनकता पनि थप्छ । दशैं झैं तिहारमा पनि गीतहरुको बाढी आउने गरेको छ । र, यस वर्ष पनि आए । तर, वर्षौंदेखि केही गीतहरुले तिहार धानेर बसेका छन् । त्यसमध्ये केही गीत नेपाली फिल्मका छन् । यहाँ हामीले तिहारका चर्चित फिल्मी गीतहरु प्रस्तुत गरेका छौं ।

फिल्मीखबर, काठमाडौं, 2022-10-25, मंगलवार

तिहारको अवसर पारेर शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘के घर के डेरा’ले हलमा दर्शकको चाप बढाउँदै लगेको छ । पहिलो दिन औसत अकुपेन्सी कायम गरेको फिल्म शनिवार देशभर हाउसफुल भयो । आइतवार भने फिल्मको व्यापार केही खुम्चियो । तर, सोमवारबाट तिहार-छठ विदा सुरु भएपछि फिल्मले व्यापारमा उछाल ल्याएको छ । यसको प्रमाण मंगलवारको व्यापार हो । 

फिल्मीखबर, काठमाडौं, 2022-10-25, मंगलवार

रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को निर्माण पक्षले कलाकारहरुको क्यारेक्टर झल्कने तस्विरहरु सार्वजनिक गरेको छ । तिहारको अवसर पारेर मंगलवार सार्वजनिक गरिएको तस्विरमा अभिनेता विपिन कार्कीको लुक्सले ध्यान खिच्छ । उनी पाको उमेरको पुरुषको रुपमा चित्रित छन् । गालामा गलबन्दी, शिरमा टोपी र आँखामा चस्मा लगाएका उनका दाह्री-जुँगा सेताम्मे छन् । 

फिल्मीखबर, काठमाडौं, 2022-10-25, मंगलवार

अभिनेता भुवन केसीको व्यक्तिगत र व्यवसायिक जीवन खुल्ला किताब झैं छ । उनको व्यक्तिगत जीवनमा के भए र व्यवसायिक जीवन कस्तो रह्यो, सम्भवतः अनविज्ञ कोही छैनन् । कलाकारको रुपमा अत्यन्त सफल मानिने उनको व्यक्तिगत जीवन भने सुखद् रहेन । उनको दुई विवाह टिक्न सकेन । उनको जेठी श्रीमतीबाट दुई सन्तान र कान्छी श्रीमतीबाट एक सन्तान (अनमोल) छन् । 

Results : 4951 - 4956 of 23836