
संजोग कोइराला र वर्षा राउतलाई ‘चखेवाको जोडी’ भनिन्छ । एकअर्काप्रति प्रेम, विश्वास, सहयोगी, समझदारी भावनाका कारण धेरैका लागि यो जोडी उदाहरणीय बनेको छ । तर, गत वर्ष उनीहरुको सम्बन्ध बिग्रिएको खबरले ठूलै भूकम्प ल्याएको थियो । फिल्म ‘के घर के डेरा’ रिलिजको बेला वर्षाले श्रीमानसँग ठूलो झगडा परेको भए पनि अहिले सम्बन्ध राम्रो रहेको बताएकी थिइन् ।


द्वन्द्व निर्देशनमा स्थापित अष्ट महर्जनको डेब्यू निर्देशित फिल्म ‘गुञ्जन’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । शुक्रवार युट्युबमा सार्वजनिक ‘सास चल्छ’ बोलको गीतमा प्रविसा अधिकारी र आरिफ रफको स्वर, करणराज कार्कीको संगीत र सन्तोष पोखरेलको शब्द छ । गीतको भिडियोमा सारा सिर्पाली र प्रितमराज सेन्चुरी एकअर्कालाई सम्झिँदै प्रेमिल भावमा देखिएका छन् ।

फिल्म ‘प्रेमगीत ३’का निर्माता तथा निर्देशक सन्तोष सेनविरुद्ध चलचित्र निर्माता संघमा आर्थिक लेनदेनको विषयमा उजुरी परेको छ । भारतको सिक्किम निवासी राम गोपाल राईले मंसिर ११ गते संघमा निर्माता सेनविरुद्ध ४ करोड ८४ लाख ५० हजार फिर्ताको माग गर्दै उजुरी दर्ता गरेका हुन् । उजुरी दर्ता भएपछि निर्माता संघले सेनलाई छलफलका लागि संघको कार्यालयमा बोलाएको छ ।

करिब ८ वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी दाहालले विवाहमा परिणत गरेका छन् । शुक्रवार बौद्धस्थित पाँचतारे होटल हायातमा उनीहरुको विवाह भइरहेको छ । स्वस्तिमा खड्का, निश्चल बस्नेत, हेमराज विसीलगायतलाई जन्ती लिएर संयम दुलही लिन होटल हायात पुगेका थिए । विवाहमा संयम र आश्मा निकट केही फिल्मकर्मीहरु सहभागी छन् ।

नेपाली फिल्ममा आफ्नो रजगज रहँदै सुपरस्टार विराज भट्ट भोजपुरी हानिएका थिए । त्यहाँ उनले छोटो समयमै आफूलाई स्थापित गरे । सय बढी भोजपुरी फिल्ममा अभिनय गरिसकेका उनले रोज राणाको ‘जय पशुराम’बाट नेपाली फिल्ममा कमब्याक गरेका थिए । यसपछि उनले आफ्नै डेब्यू निर्देशनमा पछिल्लो पटक फिल्म ‘साङ्लो’ बनाए । फिल्ममा उनकै निर्माण र अभिनय थियो ।

