Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4789 - 4794 of 23833
फिल्मीखबर, काठमाडौं, 2022-12-05, सोमवार

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा मर्ण जेम्स र यश सैनीद्वारा संयुक्त रुपमा निर्देशित मल्टीस्टारर फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को प्रदर्शन मिति हेरफेर गर्दै सोमवार युट्युबमार्फत् मोसन पोस्टर सार्वजनिक गरिएको छ । यसअघि आगामी पुष १५ लाई प्रदर्शन मिति घोषणा गरेकोमा अब यो फिल्म एक साता पछाडि सर्दै पुष २२ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-12-05, सोमवार

अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि अध्यक्षका आकांक्षीमध्ये एक नरेश पौडेलले अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै मन्त्रिपरिषदको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । त्यसपछि सर्वोच्चले रिट निवेदक र सरकार दुवैलाई छलफलका लागि बोलाएको थियो भने मन्त्रिपरिषद्को निर्णयको सक्कल फाइल समेत झिकाएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2022-12-05, सोमवार

छायांकन सुरु नहुँदासम्म फिल्ममा अनुबन्धित कलाकार हेरफेर हुनु सामान्य भइसकेको छ । कति फिल्ममा त छायांकनकै क्रममा पनि कलाकार परिवर्तन हुन्छन् । यस्तैमा, राजिव गुरुङको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘ग्रहण’मा पनि कलाकार हेरफेर भएका छन् । अभिनता विनय श्रेष्ठले फिल्मबाट हात झिकेका छन् भने उनको ठाउँ अभिनेता दिव्यदेवले लिने भएका छन् ।

अन्जान दाहाल, काठमाडौं, 2022-12-05, सोमवार

रोमान्टिक लभस्टोरी फिल्म निर्देशनमा स्थापित सुदर्शन थापासँग एउटा हिट फिल्मको सिरिज छ, ‘म यस्तो गीत गाउँछु’ । यो नाम आफैंमा पैसाको बोट हो । यसका दुई श्रृंखलाले गरेको सानदार व्यापारबाट पनि यो प्रमाणित हुन्छ । दुवै श्रृंखलामा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा थिए । अब यो फिल्मको तेस्रो श्रृंखला निर्माण हुन्छ वा हुँदैन भन्ने चासो पनि धेरैमा छ ।

फिल्मीखबर, काठमाडौं, 2022-12-05, सोमवार

यो एक हप्तामा मिडियामा सबैभन्दा बढी चर्चा भएकै अभिनेता सलोन बस्नेतको विवाहको हो । मेहेन्दीदेखि रिसेप्सन पार्टीसम्मका समाचार र गसिपले युट्युब र मिडियाको ट्रेन्डिङ कब्जा गरेको छ । यही मंसिर १२ गते एयर होस्टेस करिश्मा केसीसँग लगनगाँठो कसेका सलोनलाई बिहेको दिनदेखि बच्चाको प्रश्न आउन सुरु भएको छ । र, अब यो प्रश्न मिडियाबाट उनलाई नियमित आउनेछ ।

फिल्मीखबर, काठमाडौं, 2022-12-05, सोमवार

नेपाली फिल्म क्षेत्रको पुरानो नेफ्टा फिल्म अवार्डको ११औं संस्करण संयुक्त राज्य अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३) मा अमेरिकामा अवार्ड हुन लागेको जानकारी गरायो । यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबइमा अवार्ड आयोजना भइसकेको छ ।

Results : 4789 - 4794 of 23833