
पछिल्लो समय नयाँ नाममा फिल्म बनाउनभन्दा प्रदर्शन भइसकेकै फिल्मको नाम पछाडि एउटा अंक झुन्ड्याएर सिरिज बनाउने क्रम बढेको छ । सिरिज फिल्ममा ‘रिक्स जोन’ कम हुने भएकाले पनि निर्माताहरु यसतर्फ बढी आकर्षित भएका छन् । यसैक्रममा, निर्मात्री पुनम गौतमले पनि २०७६ सालमा प्रदर्शित आफू निर्मित फिल्म ‘मारुनी’को दोस्रो सिरिज निर्माण गर्ने तयारी गरेकी छन् ।

गायिका तथा मोडल समीक्षा अधिकारीले आफूले भोगिरहेको एउटा दुखद् घटनामा क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग नगरेको र नलिएको बताएकी छन् । उनले मंगलवार फेसबुकमा स्टाटस लेख्दै क्षतिपूर्ति बापतको उक्त रकम (१० लाख रुपैयाँ) लिने आफ्नो मनसाय पनि नभएको उल्लेख गरेकी छन् ।

फिचर फिल्मको लम्बाईमा संवादसहितको गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । केही समय अगाडि एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको भए पनि डिजिटल रिलिज भने सोमवार भएको हो । मातृभूमि च्यानलबाट सार्वजनिक ट्रेलरमा जातीय विभेदले समाजलाई कसरी कुरुप बनाएको छ भन्ने देखाउन खोजिएको छ । एक जोडीको निश्चल प्रेम र वैदेशिक रोजगारीको कथालाई पनि ट्रेलरमा देखाइएको छ ।

नेपाली फिल्मले वर्षौंदेखि प्रदर्शनको समयमा प्रदर्शकबाट सौतेनी व्यवहारको सामना गर्दै आएको छ । विदेशी फिल्मका कारण नेपाली फिल्मले हल र शो नै नपाउने समस्या हरेक हप्ता देखिने गरेको छ । हल र शो बाँडफाँडमा वितरक र प्रदर्शकको एकलौटी मनोमानी हुने भएकाले चलचित्र विकास बोर्ड पनि मुखदर्शक बन्न बाध्य छ । किनकि, नीति-नियमले बोर्डको हात बाँधिएको छ ।

नेपाली फिल्मकी ‘जुनियर’ नम्रता श्रेष्ठले फिल्म ‘गाँठो’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसको लामो समयपछि उनले फिल्म ‘माछा माछा’बाट कमब्याक गरिन् । तर, दुर्भाग्य ! दुवै फिल्म सफलताबाट बञ्चित भए । नम्रता फिल्मभन्दा अभिनेता नाजिर हुसेनसँगको सम्बन्धका कारण बढी चर्चामा रहने गरेकी छन् । लकडाउनको समयमा उनीहरुबीच अफेयरको चर्चा चलेको थियो ।

फिल्मको व्यापारमा प्रचार-प्रसारको भूमिका विशेष रहन्छ । विना प्रचार प्रदर्शनमा आएका र बलियो प्रचारसहित प्रदर्शन भएका फिल्मको व्यापारमा ठूलो अन्तर हुने गर्छ । त्यसैले पनि फिल्म निर्माण गरेपछि प्रदर्शनको समयमा प्रचार अनिवार्य हो । फिल्मलाई दर्शकसम्म पुर्याउन प्रभावकारी प्रचारको आवश्यता पर्ने भएकाले यसका लागि निर्माताहरुले विभिन्न उपाय अपनाउने गरेका छन् ।

