
भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तिम्रो मेरो साथ’को प्रचारका लागि अभिनेत्री साम्राज्ञी आरएल शाहको दौडधुप राम्रै छ । करिब एक साता लामो मोफसल दौडाहापछि काठमाडौं प्रचार-प्रसारमा केन्द्रित भएकी उनी बुधबार दिउँसो चितवन महोत्सवका साथै सोही पर्यटकीय नगरीमा राखिएको प्रिमियरमा सहभागी हुनका लागि फिल्मको टिमसँग चितवन पुगेकी थिइन् ।

बलिउड अभिनेत्री मलाइका अरोरा एक फेसन शोमा सहभागी हुन काठमाडौं आएकी छन् । बिहीबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनी नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको ‘ज्वेलरी फेसन रनवे एण्ड एक्स्पो २०२३’मा सहभागी हुन काठमाडौं आइपुगेकी हुन् । बिहीबार याक एण्ड यति होटलमा हुने रनवेमा मलाइका शो स्टपरको रुपमा रहनेछिन् ।


र्याप गायन ख्याती कमाएका भिटेन (समिर घिसिङ)ले दोस्रो पटक नेपाली फिल्मको गीतमा आवाज भरेका छन् । यसअघि फिल्म ‘सरौतो’को प्रमोसनल गीतमा स्वर दिएका उनले अब अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’का लागि गीत तयार गरेका छन् । बुधबार काठमाडौंमा एक स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा उनकै स्वर, शब्द रचना तथा संगीत छ ।

प्रख्यात साहित्यकार विलियम शेक्सपियरले नाटक ‘रोमियो एन्ड जुलिएट’मा लेखेका थिए, ‘नाममा के छ र ?’ तर, नेपाली फिल्मको हकमा नाममै छ जे छ । नामकै लोभमा भकाभक सिक्वेल बनिरहेका छन् । फिल्मको नाम जुराउनकै लागि ज्योतिषको दैलोसम्म चहार्नेको संख्या बढ्दो छ । उस्तै उस्तै नाममा फिल्म बनिरहेका छन् । त्यसैले शेक्सपियरको भनाई नेपाली फिल्ममा लागू हुँदैन ।

शहरीया युवापुस्तामाझ उल्लेख्य फ्यान फलोइङ बनाएकी अभिनेत्री साम्राज्ञी आरएल शाह करिब तीन वर्षपछि नयाँ फिल्म लिएर दर्शकमाझ पुग्दैछिन् । यही पुष २९ गतेबाट उनी अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’ प्रदर्शन हुँदैछ । फिल्ममा उनको अपोजिटमा अभिनेता पुष्प खड्का छन् । ‘मारुनी’पछि यो जोडीले एकसाथ स्क्रिन साझेदारी गरेकाले यो फिल्मको पखाई दर्शकमा व्यग्र छ ।

