Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4783 - 4788 of 24030
फिल्मीखबर, काठमाडौं, 2023-01-20, शुक्रवार

कात्तिकमा प्रदर्शन भएको फिल्म ‘महापुरुष’पछि नेपाली फिल्म क्षेत्र कोमा गएको छ । बैशाखदेखि कात्तिकसम्मको अवधि सुखद् देखिए पनि मंसिर र पुषमा प्रदर्शनमा आएका कुनै पनि फिल्मले दर्शक तान्न सकेनन् । जसले फिल्म क्षेत्रमा चरम निराशा छाएको छ भने निर्माताहरु फिल्म रिलिज गर्न तर्सिएको अवस्था छ । नाम चलेका कलाकारका फिल्मलाई समेत दर्शकले पत्याएका छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2023-01-19, बिहिवार

अभिनेत्री तथा मिस नेपाल इन्टरनेसनल २०१२ र वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१७ की विजेता सुवेक्क्षा खड्काले प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबार काठमाडौंको एक होटलमा दुई पक्षको परिवारको उपस्थितिमा उनीहरुले एकअर्कासँग औंठी साटासाट गर्दै विवाहको वाचा गरेका हुन् । यो जोडीको इन्गेजमेन्ट कार्यक्रममा अभिनेत्री सृष्टि श्रेष्ठलगायत सहभागी थिए ।

फिल्मीखबर, काठमाडौं, 2023-01-19, बिहिवार

लभस्टोरी फिल्ममा प्रमाणित निर्देशक दिनेश राउतले चर्चित गायक स्वप्न सुमन (थापा) लाई मुख्य भूमिकामा लिएर एक लभस्टोरी फिल्म बनाउने भएका छन् । पछिल्लो रिलिज फिल्म ‘प्रकाश’को समयमा उनले स्वप्नसँग नयाँ फिल्मका लागि सम्झौता गरेका थिए । आगामी बैशाखबाट छायांकन हुने फिल्म शहर केन्द्रित कथावस्तुमा निर्माण हुनेछ । विकास सुवेदीले पटकथा लेखिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-01-19, बिहिवार

रीमा विश्वकर्मालाई फिल्मभन्दा उद्घोषण पेशा बढी फापेको छ । हुन त उनको करिअरको सुरुवात नै उद्घोषणबाट भएको थियो । त्यसपछि म्यूजिक भिडियो हुँदै फिल्म ‘स्वर’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले करिअरको करिब एक दशकको अवधिमा अभिनय गरेका कुनै पनि फिल्म व्यवसायिक रुपमा सफल भएका छैनन् । उनलाई चिनाउन समेत टिभी रियालिटी शोको हात छ ।

फिल्मीखबर, काठमाडौं, 2023-01-19, बिहिवार

दीपकराज गिरी र दीपाश्री निरौला टिमको विश्वास पात्रको रुपमा चिनिएका कलाकार जितु नेपाल ‘छक्का पञ्जा’को चौंथो श्रृंखलामा नअटेपछि टिम फुटेको चर्चा भैरहेको छ । जितुले आफ्नो कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट दीपाश्रीलाई महानायक विवादका कारण हटाएर करिश्मा मानन्धरलाई राखेपछि उनलाई ‘छक्का पञ्जा’को चौंथो पार्टमा स्थान नदिएको घामझैं छर्लङ छ ।

Results : 4783 - 4788 of 24030
Most Visited News (monthly)