
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई निर्देशक प्रदीप भट्टराई आफ्नो विश्वविद्यालय मान्छन् । हुन पनि उनले निर्देशनको कखरा नै महजोडीबाट सिकेका हुन् । फिल्म निर्देशनमा डेब्यू गर्नुअघि उनले वर्षौं मह सञ्चारमा रहेर काम गरेका थिए । महजोडीको उनी दाहिने हात थिए । उनलाई मह सञ्चारबाटै फिल्म निर्देशनमा डेब्यू गर्ने इच्छा थियो । तर, विविध कारणले त्यो सम्भव हुन सकेन ।


एक समयका ‘नम्बर वान’ नायक आर्यन सिग्देलको करिब २ वर्षपछि फिल्म ‘डिसेम्बर फल्स’मार्फत् दर्शकसँग प्रत्यक्ष भेट हुँदैछ । पुष १५ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म आर्यनको करिअरका लागि जति विशेष र महत्त्वपूर्ण छ, त्यत्तिकै दर्शकहरु पनि उनलाई पर्दामा हेर्न व्यग्र छन् । एक्सन प्याक्ड टिजर र ‘फकाउनै जानिनँ’ गीतले फिल्मप्रति दर्शकको ध्यान तानिसकेको छ ।

महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनीत फिल्म ‘महापुरुष’ले दुईटा महत्त्वपूर्ण रेकर्ड बनाएको छ । पहिलो, यस वर्षको दोस्रो ५१ दिन मनाउने फिल्म र दोस्रो, यस वर्षको तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म । शनिबार प्रदर्शनको ५१औं दिने यात्रा पार गरेको फिल्मले यो अवधिमा करिब ११ करोडको कमाई गरेको छ । प्रदर्शनको तीन हप्ता फिल्मको कमाई आक्रामक थियो ।

चरित्रमा विविधता पस्कन सक्ने अब्बल क्षमताका कलाकार हुन्, हरिवंश आचार्य । टेलिसिरियल होस् अथवा फिल्म, उनले डनदेखि पुलिससम्म र गरिबदेखि धनाड्यसम्मको भूमिका निभाइसकेका छन् । अभिनयको हिसाबले उनको सम्झनलायक फिल्म ‘बलिदान’ मानिन्छ । यो कोटीमा फिल्म ‘महापुरुष’ पनि थपिएको छ । यस फिल्ममा निभाएको चरित्रका कारण अहिले आचार्य चर्चामा छन् ।

आज शनिबार प्रदर्शनको ५१औं दिन मनाउन सफल भएको यस वर्षको सुपरहिट फिल्म ‘महापुरुष’ नेपालको पहिलो कार्बन न्यूट्रल फिल्म बन्ने भएको छ । शनिबार काठमाडौंमा सफलताको खुसी साट्न आयोजना गरिएको कार्यक्रममा छायांकनदेखि रिलिजसम्म उत्सर्जन भएको कार्बनलाई न्यूनीकरण गर्न निर्माण टिमले सोलार प्लान्ट स्थापना वा वृक्षारोपणमध्ये एउटा काम गर्ने घोषणा गर्यो ।

