
कलाकारको दिन कसरी फिर्छ भन्ने एउटा उदाहरणका पात्र हुन्, विपिन कार्की । सानोतिनो भूमिका हुँदै फिल्म ‘पशुपति प्रसाद’मा भष्मे डनको चरित्र निभाएपछि उनको दिन फिर्यो । त्यसबेलादेखि उनी निरन्तरता सफलताको सिढी चढिरहेका छन् । अभिनयमा अब्बल मानिने विपिन आफ्नो यही क्षमताका कारण अहिलेका सर्वाधिक डिमान्डेड मात्र छैनन्, सुन झैं महंगा समेत बनेका छन् ।

नेपाली अभिनेताहरु दिनानुदिन महंगा हुँदै गइरहेका छन् । एक/दुईवटा फिल्म सुपरहिट भएपछि प्रायःले पारिश्रमिक चर्को बनाउने गर्छन् । अहिले नाम चलेका कलाकारले बुझ्ने पारिश्रमिकले लगभग एउटा फिल्म नै बन्छ । हिरोको अभावले निर्माताहरु पनि महंगो पारिश्रमिक तिर्न बाध्य छन् । कति निर्माताहरुले भने मनपरी पारिश्रमिक दिने गरेका छन्, जसले अस्वस्थ प्रतिस्पर्धा जन्मिएको छ ।

गत मंसिर १२ गते एयर होस्टेस करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिएका अभिनेता सलोन बस्नेत अब नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनी चाँडै पिता शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म ‘जय हो’मा काम गर्दैछन् । सोमवार यो फिल्मका लागि निर्देशनमा शोभितले टेक पौरखी राईसँग सम्झौता गरेका छन् । टेकले यसअघि सलोनलाई लिएर फिल्म ‘मिलन’ बनाएका थिए ।

‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक म्यूजिकल टिजरमा परिवारभित्रको कथालाई प्रस्तुत गरिएको छ । विपिन कार्की र अरुणा कार्कीलाई केन्द्रविन्दूमा राखेर तयार पारिएको टिजरमा उनीहरुबीचको बुढ्यौली प्रेम, सन्तानप्रतिको कर्तव्य र दायित्व, पारिवारिक कलहलाई देखाउन खोजिएको छ ।

फिल्मको मेरुदण्ड भनेको नै स्क्रिप्ट हो । स्क्रिप्ट लेखनमा चुकेको फिल्म न उत्कृष्ट बन्न सक्छ न दर्शकको मनमा बस्न सक्छ । तर, नेपालमा स्क्रिप्टभन्दा स्टारकास्टमा मिहिनेत र खर्च गर्ने मेकरको संख्या ठूलो छ । नाम चलेका कलाकारमा लाखौं खर्च गरेर स्क्रिप्ट भने चाउचाउको दाममा किन्न चाहन्छन् धेरै मेकरहरु । अनि, स्क्रिप्ट राइटरहरुले पनि झारो टार्न २/४ दिनमै स्क्रिप्ट बनाइदिन्छन् ।

२०७३ सालमा प्रदर्शनमा आएको व्यवसायिक र समीक्षात्मक दुवै रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’मा अभिनेता विपिन कार्कीले निर्वाह गरेको चर्चित पात्र भष्मे डन दर्शकको मन मस्तिष्कमा अझै पनि उस्तै ताजा छ । त्यस पात्रको लवाई, बोलाई र हिँडाई पृथक थियो । र, विपिनले भष्मे डनको चरित्रलाई जीवन दिएका थिए । अब यही पात्रको नामबाट फिल्म निर्माण हुने भएको छ ।

