Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4723 - 4728 of 24030
फिल्मीखबर, काठमाडौं, 2023-02-03, शुक्रवार

गत कात्तिकमा प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’पछि नेपाली फिल्मको बजार सुस्ताएको छ । मंसिर र पुष महिनामा रिलिज भएका कुनै फिल्मले पोस्टर छपाईको पैसा समेत उठाउन सकेनन् । यो दुई महिना नेपाली फिल्मको व्यापारमा देखिएको खडेरीलाई कतिपयले जाडो मौसमको असरको रुपमा विश्लेषण गरेका छन् । तर, अघिल्लो हप्ता रिलिज भएको बलिउड फिल्म ‘पठान’ले नेपालमा गरेको कमाई हेर्दा नेपाली फिल्म जाडोले नभइ कमजोर भएकाले नचलेको प्रमाणित हुन्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-02, बिहिवार

नेपालमा विदेशी फिल्मको सेन्सरलाई लिएर अक्सर विवाद जन्मिने गरेको छ । सेन्सर सम्बन्धि नियम-कानुन मिचेर रातारात सेन्सर सिफारिस लिने र सेन्सर गराउने परिपाटीले सेन्सरको औचित्यमाथि नै प्रश्न उठेका छन् । कति विदेशी फिल्महरु हलमा प्रदर्शन भइरहँदा चलचित्र विकास बोर्डमा सेन्सरको प्रक्रिया चलिरहेको हुन्छ । तर, कारबाही कसले गर्ने ? तैं चुप मैं चुपको अवस्था छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-02, बिहिवार

द्वन्द्व निर्देशनमा स्थापित चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा कलाकार प्रवेशको शिलशिला रोकिएको छैन । साउथका ब्रह्मानन्दमदेखि अभिनेत्री विपना थापासम्म अनुबन्धित भैसकेको फिल्ममा थप चार जना कलाकारको प्रवेश भएको छ । फिल्मका लागि अभिनेता नरेन खड्का, कमेडियन आदर्श मिश्रा, लक्ष्मी पौडेल, वसिम राजासँग निर्माण टिमले सम्झौता गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2023-02-02, बिहिवार

विवादित निजी कम्पनी सूर्य कर्पोरेसनलाई चलचित्र विकास बोर्डले दुबईमा ‘नेपाल्स सिनेमा फेस्ट’ गर्ने जिम्मा दिएको भन्दै व्यापक आलोचना हुन थालेपछि बिहीबार विज्ञप्ति जारी गर्दै बोर्डले उक्त कम्पनीसँग सहकार्य नभइ व्यवस्थापकीय जिम्मेवारी मात्र प्रदान गरेको स्पष्टिकरण दिएको छ । फेस्टिभल आयोजनाका लागि ३० लाख विनियोजन भैसकेको पनि बोर्डको विज्ञप्तिमा उल्लेख छ ।

एजेन्सी, मुम्बई, 2023-02-02, बिहिवार

कुनै समय यस्तो थियो, साउथ फिल्मको हिन्दी डब मानिसहरु टेलिभिजनमा र युट्युबमा हेर्ने गर्थे । तर, अब समय बदलिएको छ । भारतीय दर्शकले केही वर्षयता बलिउडभन्दा साउथ फिल्मलाई बढी प्राथमिकता दिने गरेका छन् । ‘बाहुबली’, ‘केजीएफ’, ‘पुष्पा’, ‘आरआरआर’, ‘पोन्निन सेल्वान’ जस्ता फिल्मले हिन्दी बेल्टमा गरेको कमाईले पनि साउथ फिल्मको बढ्दो दबदबालाई बुझाउँछ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-02, बिहिवार

यस वर्षका लागि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेको दोस्रो फिल्म ‘ह्यारी कि प्यारी’ भोलि शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ । पुषमा प्रदर्शन भएको फिल्म ‘तिम्रो मेरो साथ’ले अत्यन्त निराशाजनक नतिजा ल्याउँदा अत्तालिएकी उनलाई यो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रियाका साथै बक्सअफिसमा सुखद् अंक जोड्न अपरिहार्य छ, करिअरका खातिर पनि ।

Results : 4723 - 4728 of 24030
Most Visited News (monthly)