Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4657 - 4662 of 23529
फिल्मीखबर, काठमाडौं, २०७९ कार्त्तिक ६, शनिवार

हिन्दूहरुको महान् पर्व तिहारको अवसर पारेर शुक्रवारबाट प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित मल्टीस्टारर फिल्म ‘के घर के डेरा’ले बक्सअफिसमा आफ्नो प्रभाव देखाउन थालेको छ । पहिलो दिन औसत रहेको फिल्मको व्यापार शनिवार उच्च रह्यो । शनिवार विहानदेखि साँझसम्म राजधानी र मोफसलका प्रायः हलमा फिल्म हेर्ने दर्शकको उपस्थिति उल्लेख्य देखिएको थियो । 

फिल्मीखबर, काठमाडौं, २०७९ कार्त्तिक ६, शनिवार

नेपालको गौरव गाथामाथि आधारित भएर निर्माण भएको फिल्म ‘नालापानी’ तिहारको छेको पारेर शुक्रवारबाट प्रदर्शनमा आएको छ । प्रदर्शन भएसँगै फिल्मलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ भने शुक्रवार काठमाडौंमा भएको विशेष शोमा कलाकारहरुले पनि फिल्मको प्रशंसा गरेका छन् । अभिनेता दिपकराज गिरी, निर्देशक दीपाश्री निरौला, अभिनेता रमेश उप्रेती, कलाकार निर्मल शर्मालगायतले फिल्म हेरेका थिए ।

फिल्मीखबर, काठमाडौं, २०७९ कार्त्तिक ६, शनिवार
फिल्मीखबर, काठमाडौं, २०७९ कार्त्तिक ५, शुक्रवार

विजयादशमीको समयमा प्रदर्शनमा आएको दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ले प्रदर्शनको दुई हप्ता बक्सअफिसमा बलियो उपस्थिति जनायो । पहिलो हप्ताकै कमाईबाट लगानी उठाएको फिल्मले यतिबेला निर्मातालाई मुनाफा दिइरहेको छ । शुक्रवारबाट तेस्रो हप्तामा प्रदर्शन थालनी गरेको फिल्मलाई अहिले पनि दर्शकको अभाव छैन । मल्टीप्लेक्सहरुमा शो संख्या पनि उल्लेख्य छ ।

फिल्मीखबर, काठमाडौं, २०७९ कार्त्तिक ५, शुक्रवार

सफल निर्देशक प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरूष’ भाइटीकाको भोलीपल्ट अर्थात् कात्तिक ११ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मबाट नेपाली फिल्म क्षेत्रले दुई नयाँ अनुहार पाउँदैछ । उनीहरु हुन्, अरुण क्षेत्री र अञ्जना बराईली । फिल्ममा अरुणले कलाकार हरिवंश आचार्यको छोराको भूमिका निभाएका छन् भने अञ्जना कलाकार मदनकृष्ण श्रेष्ठकी छोरीको भूमिकामा छिन् ।

फिल्मीखबर, काठमाडौं, २०७९ कार्त्तिक ५, शुक्रवार

यही कात्तिक २५ गतेबाट प्रदर्शनमा आउन लागेको कमेडी प्रधान फिल्म ‘चोर र पुलिस’का निर्देशक आरएल लामा मोक्तानले नयाँ निर्माता तथा निर्देशकलाई फिल्म बनाउन अत्यन्त गाह्रो रहेको बताएका छन् । बिहीवार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उनले नयाँ मेकरको नाम सुनेरै चलेका कलाकारहरु स्क्रिप्ट नसुनी भाग्ने गरेको र हलवालाले पनि शोमा विभेद गर्ने गरेको गुनासो पोखे ।

Results : 4657 - 4662 of 23529