Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4651 - 4656 of 23833
फिल्मीखबर, काठमाडौं, 2023-01-05, बिहिवार

फिल्म ‘चपली हाइट २’बाट अभिनेताको रुपमा डेब्यू गरेका आयुष्मान देशराज जोशीको करिअर उतार-चढावपूर्ण छ । फिल्मको व्यवसायिक सफलताका लागि तिर्खाएका उनको यस वर्षका लागि पहिलो फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ भोलि शुक्रबारबाट प्रदर्शन हुँदैछ । लभस्टोरी फिल्ममा काम गर्दै आएका उनले पहिलो पटक हरर फिल्मको अनुभव लिएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-01-05, बिहिवार

फिल्म ‘होस्टेल रिर्टन्स’बाट सम्भावना बोकेको नायकको रुपमा उदाएका सुशील श्रेष्ठको मुख्य भूमिका रहने नयाँ फिल्म ‘द आउट ल’को शुभ मुहूर्त गर्दै छायांकन थालिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजा गर्दै ललितपुर नजिकैको एक भव्य सेटबाट छायांकन पनि सुरु गरिएको हो । अबको ४० दिनभित्र छायांकन पूरा गर्ने निर्माण टिमको लक्ष्य छ ।

फिल्मीखबर, काठमाडौं, 2023-01-05, बिहिवार

आगामी पुष २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गुञ्जन’ मन नपरे दर्शकलाई टिकटको पैसा फिर्ता गर्ने निर्माता हिराकृष्ण शाहीले घोषणा गरेका छन् । बिहीबार राजधानीमा आयोजित ट्रेलर रिलिज कार्यक्रममा उनले आफ्नो फोन नम्बर समेत दिँदै फिल्म मन नपरे टिकट बराबरको पैसा फिर्ता गर्ने बताएका हुन् । उनले फिल्म राम्रो लागेर नराम्रो भन्नेलाई समेत पैसा फिर्ता गर्ने बताए ।

फिल्मीखबर, काठमाडौं, 2023-01-05, बिहिवार

यही पुष २९ गतेबाट प्रदर्शन हुन लागेको अष्ट महर्जनद्वारा निर्देशित फिल्म ‘गुञ्जन’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा त्रिकोणात्मक प्रेममा आउने उतार-चढावलाई देखाइएको छ । पहिलोभन्दा दोस्रो ट्रेलर केही आकर्षक छ । अभिनेत्री सारा सिर्पाली र नव अभिनेता प्रितमराज सेन्चुरीबीचको प्रेमिल सायरी संवाद रोचक छ ।

फिल्मीखबर, काठमाडौं, 2023-01-05, बिहिवार

नेपाली फिल्मका कलाकारहरुको छाता संस्था नेपाल चलचित्र कलाकार संघले आगामी चैत ४ गतेलाई १९औं महाधिवेशनको मिति तय गरेपछि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न सुरु भएको छ । बुधबार संघको बैठकले अधिवेशनको मिति घोषणा गरे लगत्तै कलाकार मोहन निरौलाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-01-05, बिहिवार

कलाकार र नेपाली फिल्म क्षेत्रबीचको समन्वय र सहयोग आदान-प्रदानको लागि नेपाल प्रहरीले नेपाली फिल्मकर्मी तथा विज्ञसँग अन्तक्रिया गरेको छ । बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित अन्तक्रिया कार्यक्रममा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले फिल्म क्षेत्रलाई आवश्यक हरेक सहयोग गर्न नेपाल प्रहरी सदैव तत्पर रहेको बताए ।

Results : 4651 - 4656 of 23833