Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4645 - 4650 of 23833
फिल्मीखबर, काठमाडौं, 2023-01-07, शनिवार

फिल्म ‘प्रसाद’को एक कार्यक्रममा निर्देशक दिनेश राउतले भनेका थिए, ‘नाम चलेका कलाकारलाई लिँदा फिल्मको ब्रान्डिङ गर्न सजिलो हुन्छ ।’ उनको यो धारणा वास्तविक सत्य हो । चलेका कलाकारलाई लिएर फिल्म बनाउँदा दर्शकसम्म पुग्न र हलसम्म तान्न धेरै हदसम्म सहज हुने गर्छ । त्यसैले फिल्म निर्माण गर्दै गर्दा निर्माता तथा निर्देशकले सकभर क्रेज भएका कलाकार खोज्ने गर्छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-01-06, शुक्रवार

नवल नेपाललाई दर्शक रुवाउने लाइसेन्स प्राप्त निर्देशक भनिन्छ । यसको प्रमाण चाहे फिल्म ‘श्रीमान्’ होस् वा ‘मंगलम’, उनको निर्देशकिय कौशलताले दर्शकको आँखामा आँसु टिलपिलाएका छन् । फिल्मको हकमा कथावस्तु र प्रस्तुतीले दर्शक रुवाउन सक्नु सफलता मानिन्छ । नारी संवेदनाको विषयमाथि बढी दख्खल राख्ने उनले पछिल्लो पटक फिल्म ‘मारुनी’को निर्देशन गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2023-01-06, शुक्रवार

सिंगापुरको ‘इन्फानाइट स्टुडियोज्’ले काठमाडौंको अस्कर कलेज (कलेज अफ फिल्म स्टडिज) का १५ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ । स्टुडियोको प्रतिनिधि सुयी मोले बिहीबार आयोजित कार्यक्रममा सन् २०२३ मा छात्रवृत्ति पाउने १५ जनालाई रकम हस्तान्तरण गरेकी हुन् । ५ जना विद्यार्थीले इन्फाइनाइट छात्रवृत्ति र १० जनाले इन्फानाइट बर्सरी अवार्ड प्राप्त गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-01-06, शुक्रवार

अभिनेत्री सारा सिरपाइली चार वर्षपछि फिल्म ‘गुञ्जन’मार्फत् ठूलो पर्दामा देखिँदैछिन् । फिल्म ‘सुश्री सम्पति’पछि उनले ‘गुञ्जन’मा काम गरेकी थिइन् । तर, कोभिडसँगै विभिन्न कारणले फिल्म निर्माण भएर प्रदर्शनका लागि तयार हुन केही ढिला भयो । यो बीचमा उनले फिल्म ‘हनी बनी’ पनि सम्झौता गरेकी थिइन् । तर, बेलायतको भिसा झर्न ढिलाई हुँदा उनले फिल्म छाड्न बाध्य हुनुपर्‍यो ।

फिल्मीखबर, काठमाडौं, 2023-01-06, शुक्रवार

२०७३ सालको व्यवसायिक तथा समिक्षात्मक रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’मा अभिनेता विपिन कार्कीले निभाएको चर्चित पात्र भष्मे डनको नाममाथि निर्माण हुन लागेको ‘भष्मे डन’मा अभिनेता सौगात मल्लको पनि अभिनय रहने भएको छ । उनीसँग निर्माण टिमको मौखिक सहमति भइसकेको छ । अहिले पोखरामा रहेका सौगात काठमाडौं फर्किएपछि कागजी सम्झौता हुनेछ ।

फिल्मीखबर, काठमाडौं, 2023-01-06, शुक्रवार

यस वर्षका लागि पहिलो हरर फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ले शुक्रबारबाट प्रदर्शनी सुरु गरेको छ । एकल प्रदर्शनको दुर्लभ अवसर पाएको फिल्मले मल्टीप्लेक्सहरुमा सुखद् शोज पाएको छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र फिल्मलाई शुक्रबारका लागि ३४ शो दिएको छ । यसबाट पनि यो फिल्मप्रति प्रदर्शकले ठूलो अपेक्षा राखेको बुझ्न सकिन्छ ।

Results : 4645 - 4650 of 23833