Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4639 - 4644 of 24031
फिल्मीखबर, काठमाण्डौ, 2023-02-22, बुधवार

यही फागुन १९ गतेबाट प्रदर्शन हुन लागेको ‘छड्के २’ ट्रेलर रिलिज भएको छ । यो फिल्ममा अनमोलको चरित्र ग्याङस्टरको छ । पहिलो पटक ग्याङस्टर भूमिका निर्वाह गरेका कारण यो फिल्म अनमोलका लागि अग्नि परीक्षा मानिएको छ । जसको कारण यो फिल्मको व्यापारमा दमदार अपेक्षा गरिएको छ ।

फिल्मीखबर, काठमाडौँ, 2023-02-22, बुधवार
दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर फिल्म ‘बिहे पास’को टिजर रिलिज भएको छ । साढे १ मिनेट लामो टिजरमा वैवाहिक जीवनमा बाँधिएका जोडीलाई रोजगारीको बिषयलाई लिएर हुने मतभेद देख्न सकिन्छ । 
फिल्मीखबर, काठमाडौं, 2023-02-21, मंगलवार

फिल्म ‘ड्रिम्स’बाट सशक्त रुपमा उदाएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दोस्रो फिल्म ‘ए मेरो हजुर २’बाट पनि सफलताको स्वाद चाखिन् । यी दुई फिल्मले उनलाई बलियो स्टारडम मात्र दिलाएनन्, राम्रो अभिनय गर्न सक्ने अभिनेत्रीको रुपमा पनि चिनायो । लगभग यसपछि उनले करिअर पछाडि फर्केर हेर्नु परेको छैन । उनलाई फिल्ममा लिन निर्माताहरुबीच प्रतिस्पर्धाकै अवस्था छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-20, सोमवार

कुनै समय अभिनेता भुवन केसीको टाउको पोस्टरमा राखेको भरमा मात्रै पनि फिल्म ब्लकबस्टर हुन्थे । त्यसबेला उनको ठूलो चाम थियो । अहिले उनका छोरा अनमोलको हकमा लगभग यही अवस्था छ । डेब्यू फिल्मदेखि अभिनयको आलोचना खेप्दै आएका छन् उनले । तर, त्यसको असर उनको स्टारडममा परेको छैन । उनलाई हेर्नकै लागि भए पनि हल पुग्ने दर्शकको संख्या ठूलो छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-20, सोमवार

फिल्म रिलिज भएपछि कलाकारदेखि निर्देशकसम्मले क्यामेराधारी मिडियाकर्मी बोकेर दर्शक भेट्न हल-हल चहार्ने लहड झैं छ । पर्दाको कलाकार आँखा अगाडि देख्दा दर्शकहरु फोटोका लागि झुम्मिन्छन् अनि त्यही भीड देखाएर फिल्म चलेको डंका पिटिन्छ । अचेल कलाकारहरु हल पुगेर दर्शकसँग गाला जोडेको फोटो नखिचेसम्म त फिल्मै नचलेको जस्तो देखिने अवस्था आएको छ ।

Results : 4639 - 4644 of 24031
Most Visited News (monthly)