Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4633 - 4638 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-02-24, शुक्रवार

नेपाली फिल्म क्षेत्रमा भाइचारा, एकता र साथ-सहयोगको भावना नभएको गुनासो सर्वाधिक सुन्नमा पाइन्छ । हुन पनि यहाँ सहयोगी भावनाभन्दा बढी त खुट्टा तान्ने प्रवृत्ति हावी छ । एउटाको राम्रो भए अर्कोलाई भोक-निन्द्रा लाग्दैन । प्रायःले देखावटी रुपमा भयंकर सहयोगी सम्बन्ध देखाउने प्रयास गर्छन् तर पिठ्यूँ पछाडि खेदो र खोइरो खनिन्छ । हातेमालोको भावना डाइनोसर झैं लोप हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-24, शुक्रवार

‘कबड्डी’, नामै काफी छ । यो नामको खेल बरु त्यत्ति प्रख्यात छैन, जति फिल्म छ । फिल्मी भाषामा भन्ने हो भने यो नाम बडेमानको पैसाको रुख हो । र, निर्देशक रामबाबु गुरुङको समुहले चौंथो श्रृंखलासम्ममा ‘कबड्डी’ नामको रुखबाट मनग्य पैसा टिपिसकेका छन् । यो नामको अन्तिम पार्ट भनेर प्रदर्शन गरिएको ‘कबड्डी : द फाइनल म्याच’ले त सर्वाधिक कमाईको रेकर्ड नै बनाएको छ ।

एजेन्सी, मुम्बई, 2023-02-23, बिहिवार

बलिउड अभिनेत्री रानी मुखर्जी स्टारर नयाँ फिल्म ‘मिसेस चटर्जी भर्सेस नर्वे’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक २ मिनेट ४७ मिनेट लम्बाईको ट्रेलरमा रानी एक आमाको भूमिकामा छिन्, जो आफ्नो कोखबाट खोसिएका दुई बच्चाका लागि पूरै देशसँग लडिरहेकी छन् । वास्तविक घटनामा आधारित भएर बनेको फिल्मको ट्रेलरमा रानीको अभिनय र संवाद ‘पावरफुल’ छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-23, बिहिवार

गत कात्तिकमा प्रदर्शित ‘महापुरुष’पछि माघसम्म एक दर्जन बढी फिल्म प्रदर्शन भए । त्यसमध्ये केही फिल्ममा स्टार कहलिएका कलाकार समेत थिए । तर, कुनै फिल्मले सुस्ताएको बजार उठाउन सकेनन् । यसको कारण एउटै हो, दर्शकको अपेक्षामा खरो नउत्रनु । ट्रेलर गर्जेको बाघ जस्तो तर फिल्म भने बिग्रेको बाघको प्रतिमा जस्तो हुँदा नेपाली फिल्ममा दर्शकको खडेरी लागेको हो ।

फिल्मीखबर, काठमाडौं, 2023-02-23, बिहिवार

दिनेश लिङदेनको निर्देशनमा फिल्म ‘तलास २’ निर्माण हुने भएको छ । फाल्गुनन्द लिङदेन फिल्म्स् र यल्लीवूड फिल्म्स्को संयुक्त लगानीमा बन्न लागेको फिल्ममा हत्या, अपहरण, मानव बेचबिखनको चपेटामा नेपाली महिलाहरुले भोग्नु परेको पीडालाई प्रमुख विषय बनाइने निर्देशक लिङदेनले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2023-02-23, बिहिवार

सन् २०१३ को औसत हिट फिल्म हो, ‘छड्के’ । औसत यसकारण कि फिल्मको इनिसियल व्यापार तगडा थियो । फिल्म लामो रेसको घोडा बन्न भने सकेको थिएन । अभिनयका पारंगत मानिने विपिन कार्की, सौगात मल्ल, दयाहाङ राई, नम्रता श्रेष्ठ, अर्पण थापा जस्ता कलाकारहरुको अभिनय रहेको फिल्मले नेपालमा ग्याङस्टर जनराको पनि राम्रो बजार छ भन्ने एउटा मानक स्थापित गरेको थियो ।

Results : 4633 - 4638 of 24031
Most Visited News (monthly)