Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4627 - 4632 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-02-26, आईतवार

गत कात्तिकपछि सुस्ताएको नेपाली फिल्मको बजारलाई अघिल्लो हप्ताको फिल्म ‘फूलबारी’ले धेरै हदसम्म चलायमान बनाएको छ । स्टार कलाकारका फिल्म समेत डुबिरहेको परिपेक्षमा यो फिल्मले पारिवारिक दर्शकलाई आकर्षित गरेको छ । तर, फिल्मको व्यापार आक्रामक भने छैन । सार्वजनिक विदामा फिल्मले दर्शकको साथ राम्रो पाउने गरेको भएता पनि अन्य दिनमा औसत छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-25, शनिवार

नेपाली फिल्म इन्डस्ट्री अब कुनै ‘स्टार किड्स’को डेब्यूलाई लिएर अधैर्य छ भने त्यो सुपरस्टार दीलिप रायमाझीकी छोरी दिव्या हुन् । फिल्ममा डेब्यू अगावै उनको सुन्दरतालाई लिएर भैरहेको चर्चा जति लोभलाग्दो छ, त्यसले उनको डेब्यूलाई लिएर दर्शकसँगै फिल्मकर्मीमा पनि चासो बढेको छ । केही फिल्मबाट दिव्यालाई अफर नपुगेको होइन तर उनले कुनैमा काम गर्ने मन देखाइनन् ।

फिल्मीखबर, काठमाडौं, 2023-02-25, शनिवार

टेक पौरखी राईको निर्देशनमा बन्न लागेको फिल्म ‘जय हो’मा कलाकार प्रवेशको क्रम रोकिएको छैन । अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीपछि फिल्ममा अर्की अभिनेत्री निशा अधिकारीको पनि प्रवेश भएको छ । शुक्रबार फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतले निशासँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा उनको भूमिका कस्तो रहनेछ, त्यसबारेमा भने खुलाइएको छैन ।

फिल्मीखबर, काठमाडौं, 2023-02-24, शुक्रवार

कोरियोग्राफर रेनशा वान्तवा राईद्वारा निर्देशित दोस्रो फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’ आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । नेपालमा पहिलो पटक नृत्यको विषयमाथि निर्माण भएको फिल्ममा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ मुख्य भूमिकामा छन् । तर, निर्माण पक्षले सुरुवाती चरणको प्रचार सामाग्रीमा धिरजलाई मात्र प्राथमिकता दिइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-24, शुक्रवार

प्रेम बोम्जन (पुष्कर लामा)ले तेस्रो पटक नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) हाँक्ने भएका छन् । २०७२ र २०७५ गरी दुईपटक संघको नेतृत्व गरिसकेका लामा बिहीबार राजधानीमा सम्पन्न २०औं वार्षिक साधारण सभाबाट तेस्रो पटक अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् । अध्यक्षमा अन्य केहीले आकांक्षा देखाएका भए पनि अन्तिममा लामाको मात्र उम्मेदवारी परेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-02-24, शुक्रवार

डेब्यू फिल्म ‘होस्टेल’देखि अभिनेता अनमोल केसीमाथि लागेको आरोप के हो भने उनी स्टारडममा जति पक्का अभिनयमा छैनन् । हरेक फिल्ममा उनको अभिनय स्वभाविक नभएको टिप्पणी हुने गर्छ । लुक्सको बलमा चलेको आरोप खेपिरहेका अनमोलले यही फागुन १९ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘छड्के २’बाट आफूलाई अभिनयमा प्रमाणित गर्न सक्ने संकेत ट्रेलर हेर्दा देखिन्छ ।

Results : 4627 - 4632 of 24031
Most Visited News (monthly)