Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4621 - 4626 of 23833
फिल्मीखबर, काठमाडौं, 2023-01-12, बिहिवार

एनलग सिस्टम अर्थात् रिलबाट फिल्म खिचिने युगमा नेपाली फिल्म कम निर्माण हुन्थे र प्रायःले एकल प्रदर्शन पाउँथे । डिजिटल युगको सुरुवातसँगै फिल्म निर्माणमा आएको बाढीले अचेल नेपाली फिल्मका लागि एकल प्रदर्शन दुर्लभ जस्तै बनेको छ । यद्यपि, प्रतिष्ठित ब्यानर र स्टार कलाकारका फिल्मले भने प्रायः सोलो रिलिजको मौका पाइरहेकै हुन्छन् । तर, यो संख्या ज्यादै न्यून हुन्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-01-12, बिहिवार

भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तिम्रो मेरो साथ’को प्रचारका लागि अभिनेत्री साम्राज्ञी आरएल शाहको दौडधुप राम्रै छ । करिब एक साता लामो मोफसल दौडाहापछि काठमाडौं प्रचार-प्रसारमा केन्द्रित भएकी उनी बुधबार दिउँसो चितवन महोत्सवका साथै सोही पर्यटकीय नगरीमा राखिएको प्रिमियरमा सहभागी हुनका लागि फिल्मको टिमसँग चितवन पुगेकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, 2023-01-12, बिहिवार

बलिउड अभिनेत्री मलाइका अरोरा एक फेसन शोमा सहभागी हुन काठमाडौं आएकी छन् । बिहीबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनी नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको ‘ज्वेलरी फेसन रनवे एण्ड एक्स्पो २०२३’मा सहभागी हुन काठमाडौं आइपुगेकी हुन् । बिहीबार याक एण्ड यति होटलमा हुने रनवेमा मलाइका शो स्टपरको रुपमा रहनेछिन् ।

फिल्मीखबर, काठमाडौं, 2023-01-11, बुधवार

र्‍याप गायन ख्याती कमाएका भिटेन (समिर घिसिङ)ले दोस्रो पटक नेपाली फिल्मको गीतमा आवाज भरेका छन् । यसअघि फिल्म ‘सरौतो’को प्रमोसनल गीतमा स्वर दिएका उनले अब अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’का लागि गीत तयार गरेका छन् । बुधबार काठमाडौंमा एक स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा उनकै स्वर, शब्द रचना तथा संगीत छ ।

फिल्मीखबर, काठमाडौं, 2023-01-11, बुधवार

प्रख्यात साहित्यकार विलियम शेक्सपियरले नाटक ‘रोमियो एन्ड जुलिएट’मा लेखेका थिए, ‘नाममा के छ र ?’ तर, नेपाली फिल्मको हकमा नाममै छ जे छ । नामकै लोभमा भकाभक सिक्वेल बनिरहेका छन् । फिल्मको नाम जुराउनकै लागि ज्योतिषको दैलोसम्म चहार्नेको संख्या बढ्दो छ । उस्तै उस्तै नाममा फिल्म बनिरहेका छन् । त्यसैले शेक्सपियरको भनाई नेपाली फिल्ममा लागू हुँदैन ।

Results : 4621 - 4626 of 23833