Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4615 - 4620 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-02-28, मंगलवार

विकासराज आचार्यको निर्देशनमा बनेको फिल्म ‘नाईं नभन्नू ल ६’को फर्स्टलुक टिजर सार्वजनिक गरिएको छ । आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै मंगलबार सार्वजनिक गरिएको फर्स्टलुक भिडियोमा फिल्मका मुख्य डेब्यू अभिनेता आर्शिवाद क्षेत्रीको एक्सन अवतारलाई विशेष प्राथमिकता दिइएको छ । अभिनेत्री आँचल शर्मासँग उनको ‘लभ केमेस्ट्री’ पनि देख्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-28, मंगलवार

गायनमा लोभलाग्दो लोकप्रियता कमाएका प्रकाश सपूतले फिल्म ‘परदेशी २’बाट नायकको रुपमा डेब्यू गरिसकेका छन् । तर, यो फिल्मको रिलिज धकेलिएको धकेल्यै छ । अब उनी आफैं फिल्म निर्माण गर्ने तयारीमा लागेका छन् । ‘परदेशी २’ प्रदर्शन भएपछि छायांकन थाल्ने तयारीसहित उनले अहिले स्क्रिप्ट लेखिरहेका छन् । आगामी बैशाखमा उनले फिल्मको नाम घोषणा गर्न सक्नेछन् ।

फिल्मीखबर, काठमाडौं, 2023-02-28, मंगलवार

‘घुमिफिरी रुम्जाटार’ भनेझैं यसपालिको दशैं छाडेको फिल्म ‘परदेशी २’ अब आगामी दशैंमा प्रदर्शन हुन सक्ने देखिएको छ । दशैं छाडेर फागुन ५ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति तोकिएको थियो । तर, यो मितिमा पनि फिल्म प्रदर्शनमा आएन । फिल्मको कथा दशैंसँग जोडिएकाले अब आगामी दशैंमा प्रदर्शन गर्ने मनस्थितिमा निर्माण टिम रहेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-27, सोमवार

आगामी चैत २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट १४ सेकेन्ड लम्बाईको ट्रेलर अभिनेत्री सुरक्षा पन्तको वरिपरि घुमेको छ । उनले परिवारसँग गरेको विद्रोह र त्यसले उत्पन्न जटिल परिस्थितिलाई ट्रेलरमा देखाइएको छ । ट्रेलरले फरक फिल्म बनेको संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-27, सोमवार

निगम श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘छड्के २’को पहिलो गीत सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक ‘छड्के खालास’ बोलको गीतमा चर्चित र्‍यापर भिटेनको शब्द, संगीत र आवाज छ । गीतको भिडियोमा अभिनेता अनमोल केसी बढी छाएका छन् । एङ्ग्री र मस्ती मूडसहित केही दृश्यमा उनलाई नशालु वस्तु सेवन गरेको देख्न सकिन्छ । यसले फिल्ममा उनको चरित्रबारे बोल्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-27, सोमवार

आइतबार उच्च अदालत कास्कीले पल शाहविरुद्ध जबर्जस्ती करणीको अभियोगमा दाबी नपुगेको भन्दै सफाइ दिएपछि सोमबार विहान ११ बजे सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर उनी दमौलीको तनहुँ कारागारबाट रिहा भएका छन् । उनको स्वागतमा बहिनी र नजिकका साथीभाई कारागार पुगेका थिए भने कारागारबाहिर पलको रिहाइको खुसीमा प्रशंसकहरुको ठूलो भीड लागेको थियो ।

Results : 4615 - 4620 of 24031
Most Visited News (monthly)