Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4603 - 4608 of 23833
फिल्मीखबर, काठमाडौं, 2023-01-16, सोमवार

२०७८ सालमा काठमाडौंको बसन्तपुर दरवार स्क्वायर क्षेत्र र एयरपोर्टमा ‘फेक’ नामक वेब सिरिजको करिब चार दिनसम्म सुटिङ भएको थियो । सिरिजको नेपाल छायांकनका लागि साउथ सुपरस्टार विजय सेतुपति, बलिउड अभिनेता केके मेननसहितको टिम आएको थियो । अब यो सिरिजको नाम परिवर्तन गर्दै ‘फर्जी’ राखिएको छ, जुन फेब्रअरी १० मा प्राइभ भिडियोमा रिलिज हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2023-01-16, सोमवार

हास्य टेलिसिरियल ‘जिरे खुर्सानी’को अवसानपछि कलाकार जितु नेपालले दीपकराज गिरी र दीपाश्री निरौलाको समुहमा मिसिएर फिल्ममा काम गर्न सुरु गरेका थिए । यो समुहको पहिलो फिल्म ‘६ एकान ६’देखि पछिल्लो फिल्म ‘६ माया छपक्कै’सम्म आइपुग्दा उनी टुटेनन् । तर, एक घटनाले गर्दा दीपक-दीपाको समुहबाट जितु बाहिरिन पुगे । ‘छक्का पञ्जा’को चौंथो श्रृंखलामा उनी छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2023-01-16, सोमवार

फिल्म निर्माण नहुँदै प्रदर्शन मिति तोक्ने होडबाजी नेपालमा बढ्दो छ । विशेषगरी, लामो सार्वजनिक विदा हुने मितिलाई मध्यनजर गर्दै १ वर्ष अगावै प्रदर्शन मिति घोषणा गरिन्छ । निर्माणको चरणमा रहेको फिल्म ‘भष्मे डन’ले पनि करिब १० महिना अगाडि नै प्रदर्शनको समय निश्चित गरेको छ । आइतबार डिसिएनलाई वितरण अधिकार सुम्पिँदै आगामी दशैंलाई प्रदर्शन तय गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2023-01-16, सोमवार

फिल्म कसका लागि बनाइन्छ ? कलाकारले कसका लागि काम गर्ने हो ? यसको जवाफ एउटै छ, ‘दर्शकका लागि ।’ जब दर्शककै लागि फिल्म बन्छ र दर्शककै खातिर कलाकारले काम गर्ने हो भने दर्शकप्रति जिम्मेवार र उत्तरदायी हुन आवश्यक छ कि छैन ? र, के नेपाली मेकर र कलाकार दर्शकप्रति जिम्मेवार भएर काम गरिरहेका छन् ? यो गम्भीर रुपमा मनन् गर्न आवश्यक कुरा हो ।

फिल्मीखबर, काठमाडौं, 2023-01-15, आईतवार

धेरै नेपाली विद्यार्थीहरुको सपनाको देश अष्ट्रेलियाको ठूलो शहरमध्येको एक सिड्नी नाममाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ । देव कुमार श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्मको आइतबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा गरियो । आगामी बैशाख छेकोबाट छायांकन सुरु हुने फिल्ममा सविन श्रेष्ठ र रीमा विश्वकर्माको जोडी बाँधिनेछ ।

फिल्मीखबर, काठमाडौं, 2023-01-15, आईतवार

यही माघ २७ गतेबाट प्रदर्शनमा आउन लागेको लभस्टोरी फिल्म ‘मनसँग मन’को टिजर सार्वजनिक भएको छ । आइतबार माघे संक्रान्तिको अवसर पारेर युट्युबमा सार्वजनिक गरिएको ४२ सेकेन्ड लम्बाईको टिजरमा अभिनेता पुष्प खड्काको अभिनेत्री वर्षा सिवाकोटीप्रति प्रेम आशक्ति देखाइएको छ । फिल्मको एक गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले नृत्य गरेका छन् ।

Results : 4603 - 4608 of 23833