Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4597 - 4602 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-03-05, आईतवार

२०७८ सालको मंसिर ३ गते अभिनेता पल शाह एक फिल्ममा अनुबन्ध भएका थिए । निर्माता करण सिंहले उनीसँग सम्झौता गरेका थिए । त्यसबेला निर्देशक र फिल्मको नाम लुकाइएको थियो । केही दिनपछि फिल्मको निर्देशन यश कुमारले गर्न लागेको रहस्य खुल्यो । तर, फिल्म सुटिङमा नजाँदै पल एक घटनाका कारण कानुनी झमेलामा फसे । र, फिल्मको निर्माण पनि अन्योल बन्यो ।

फिल्मीखबर, काठमाडौं, 2023-03-05, आईतवार

२०४८ सालमा प्रदर्शन भएको फिल्म थियो, ‘कस्तुरी’ । बेलायतमा व्यवसाय गरिरहेका व्यक्तिहरुले मिलेर फिल्मको निर्माण गरेका थिए । फिल्मको प्रमुख निर्माता विनोद मानन्धर थिए । यो बेलायतमा छायांकन भएको पहिलो नेपाली फिल्म समेत हो । तर, घरेलू बजारमा फिल्मले खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । अब यो फिल्मलाई ३१ वर्षपछि डिजिटलाइज गरेर पुनः प्रदर्शन गरिँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2023-03-05, आईतवार

कोरोना महामारीपछि ओटीटी प्लेटफर्मप्रति विश्वमै आकर्षण बढ्दो छ । हलको सशक्त प्रतिस्पर्धी र विकल्पको रुपमा उदाएको ओटीटीमा विश्वका महंगा फिल्म तथा सिरिजहरु रिलिज हुँदै आएका छन् । ठूला फिल्म उद्योगका निर्मातालाई अब लगानी उठाउन हलकै व्यापारमा भर पर्नुपर्ने अवस्था छैन । ओटीटी प्लेटफर्मले नै लगानीभन्दा बढी रकम तिरेर फिल्महरु खरिद गर्ने गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-03-04, शनिवार

सुपरस्टार अनमोल केसीको स्टारडम नै फिल्म चल्ने आधार मानिन्छ । उनको नामैले युवापुस्ताको ठूलो वर्गलाई हलसम्म तान्छ भन्ने विश्वास छ । डेब्यू फिल्म ‘होस्टेल’देखि पछिल्लो रिलिज फिल्म ‘ए मेरो हजुर ४’सम्म यो अवस्था नदेखिएको होइन । यही आधारमा शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छड्के २’को ओपनिङ आक्रामक हुनसक्ने प्रक्षेपण गरिएको थियो । तर, त्यसो हुन सकेन ।

एजेन्सी, मुम्बई, 2023-03-04, शनिवार

बलिउडमा ८०/९० को दशकका केही अभिनेत्रीहरु अझै अविवाहित छन् । त्यसमध्येमा पर्छिन्, तब्बू । उनको केही अभिनेतासँग नाम जोडिएको भए पनि विवाह गरेकी छैनन् । उनको अभिनेता अजय देवगनसँग खास बोन्डिङ छ । उनीहरु ‘क्लास मेट’ समेत हुन् । एक समय दुवैले एकअर्कालाई ‘डेट’ समेत गरेको चर्चा हुने गर्छ । तर, आज पनि उनीहरुबीच अत्यन्त हार्दिक सम्बन्ध छ ।

फिल्मीखबर, काठमाडौं, 2023-03-04, शनिवार

फेसन मोडल नीति शाहले फिल्ममा डेब्यूका लागि गत पुष महिनाबाट कलाकार तथा निर्देशक अनुप बरालको ‘एक्टर्स स्टुडियो’मा अभिनय सिक्न थालेकी थिइन् । उनले शुक्रबार तीन महिने कोर्स पूरा गरेकी छन् । उनले इन्टाग्राममा अभिनय सिकाइको क्रममा खिचिएका तस्विरहरु पोस्ट गर्दै ‘एक्टर्स स्टुडियो’सँगको ३ महिना आफ्नो जीवनको सबैभन्दा अद्भुत समय रहेको बताएकी छन् ।

Results : 4597 - 4602 of 24031
Most Visited News (monthly)