
चलचित्र कलाकार संघको आगामी चैत ४ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ । निर्वाचनको मिति घोषणा भएदेखि अध्यक्षसहित विभिन्न पदमा कलाकारहरुले उम्मेदवारी घोषणा गर्दै आएका थिए । शनिबार भएको उम्मेदवारी दर्ताअघिसम्म अध्यक्ष पदमा मात्रै ५ जना आकांक्षी देखिएका थिए । तर, उम्मेदवारी दर्ता मोहन निरौला र रेजिना उप्रेती (पोखरेल)ले मात्र गरेका छन् ।

किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको गल्र्स गेट इक्वल अभियानसँग मिलेर शुक्रबार काठमाडौंमा एकदिने महिला केन्द्रित फिल्म फेस्टिभल आयोजना गरेको छ । ‘वुमन मेक फिल्म फेस्ट’ शीर्षकमा अस्कर इन्टरनेसनल कलेजमा सम्पन्न फेस्टिभलमा महिला निर्देशकले निर्माण तथा निर्देशन गरेका फिल्महरु देखाइएको थियो । विहान ११ बजेदेखि २ बजेसम्म चलेको फेस्टिभलमा सर्ट तथा डकुमेन्ट्री विधामा निर्माण भएका १५ वटा फिल्म देखाइएको किपालय प्रडक्सनले जनाएको छ ।

फिल्म ‘छड्के २’को बक्सअफिसमा अकल्पनीय दुर्घटनाले नेपाली फिल्म क्षेत्र नै स्तब्ध बनेको छ । किनकि, यो फिल्मप्रति व्यावसायिक अपेक्षा उच्च थियो । त्यसको कारण एउटै थियो, फिल्ममा ‘मेगास्टार’ कहलिएका अनमोल केसी थिए । उनी भएपछि बक्सअफिसमा आँधी आउने आँकलन गरिन्थ्यो । उनको नामैले फिल्म प्रदर्शनको दुई/चार दिन हलमा दर्शकको मेला लाग्छ भनिन्थ्यो । तर, ‘छड्के २’मा यी केही भएनन् । फिल्मको एउटा शो समेत हाउसफुल हुन सकेन ।

कलाकारलाई हिट फिल्मको भोक कतिसम्म हुन्छ भन्ने कुरा अभिनेत्री बेनिशा हमाललाई जति अरु कसलाई थाहा होला र ! १२ वर्ष लामो करिअरमा एउटा पनि फिल्म हिटमा सूचिकृत नहुँदा उनलाई मिडियाले ‘फ्लप हिरोइन’को ट्याग दियो । ‘अभागी हिरोइन’ भन्दै खिसिटिउरी गर्नेहरु कम थिएनन् । तर, भनिन्छ नि, ‘पखाईको फल मीठो हुन्छ ।’ त्यो फल उनको पोल्टामा बल्ल परेको छ ।

प्रख्यात अभिनेता तथा निर्देशक सतीश कौशिकको निधनले बलिउड इन्डस्ट्री स्तब्ध बनेको छ । ६६ वर्षको उमेरमा उनले बिहीबार अन्तिम सास लिए । उनको निधन आर्ट अट्याकका कारण भएको बताइएको छ । आफ्नो जीवनकालमा कयौं यादगार र सानदार फिल्ममा अभिनय गरेका सतीशको कमेडी टाइमिङ जबर्जस्त मानिन्थ्यो । उनी अभिनयसँगै निर्देशनमा पनि उतिक्कै अब्बल थिए ।

आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बिहे पास’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक ‘खाली छैन मेरो मुटु’ गीतमा अस्तित्भा कर्ण र विद्या मञ्जु तिवारीको स्वर, प्रवेश मल्लिकको संगीत र डिपी खनालको शब्द रचना छ । फिल्मका मुख्य पात्र दयाहाङ राई र प्रकृति श्रेष्ठ प्रस्तुत गीतमा रामजी लामिछानेको नृत्य निर्देशन छ ।

