Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4501 - 4506 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-03-27, सोमवार

चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीलाई फेसन नेटवर्क नेपाल नामक संस्थाले ‘एफएनएन लेजेन्डरी आइडल’ उपाधिबाट सम्मान गरेको छ । क्लब टेनएक्ससँगको सहकार्यमा गत शनिबार काठमाडौंमा भएको ‘फेसन गाला नाइट’ कार्यक्रममा भुवन केसीलाई नेपाली फिल्म क्षेत्रप्रतिको समर्पण, प्रतिबद्धता तथा सफलताको कदर गर्दै उक्त उपाधिसहित सम्मान गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2023-03-27, सोमवार

दीपक वलीको निर्देशनमा बन्न लागेको फिल्म ‘कामिनो’मा नाम चलेका कलाकारहरुको ठूलो भीड हुने भएको छ । फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, राजबल्लभ कोइराला, वर्षा सिवाकोटी र नीति शाह भित्रिसकेको अवस्थामा सोमबार (आज) थप पाँच जना कलाकारहरु भोलाराज सापकोटा, रविन्द्र झा, प्रविण खतिवडा, कुलबहादुर अधिकारी र आइपी आचार्य अनुबन्धित भएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-03-27, सोमवार

अनिता पण्डितले लेखन र निर्देशनमा फिल्म ‘मिरा : स्याडो अफ अ रेन्बो’ निर्माण हुने भएको छ । सोमबार काठमाडौंको मैतिदेवी मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको मुहूर्त गरिएको छ । एक बच्चामा देखिएको अस्वभाविक मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राइभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षमा फिल्म आधारित रहनेछ ।

फिल्मीखबर, काठमाडौं, 2023-03-26, आईतवार

हाल पोखरामा छायांकन भैरहेको फिल्म ‘जय हो’को विदेश राइट्स महंगोमा बिक्री भएको छ । नमस्ते इन्टरटेनमेन्टले ६० लाखमा फिल्मको विदेश राइट्स खरिद गरेको हो । अब नेपालबाहिर फिल्म रिलिज गर्न चाहनेले नमस्ते इन्टरटेनमेन्टका देव कार्कीसँग सम्झौता गर्नुपर्नेछ । यो कम्पनीले यसअघि ‘छक्का पञ्जा ४’, ‘दुई नम्बरी’, ‘आमा’ जस्ता फिल्मको अष्ट्रेलिया राइट्स किनेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-03-26, आईतवार

यस वर्षको दशैंलाई लक्षित गर्दै असोज १४ गतेलाई फिल्म ‘परदेशी २’को प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, त्यस मितिमा फिल्म रिलिजको भीडभाड भएपछि फागुन ५ मा सर्‍यो । तर, यो मितिमा पनि प्रदर्शन हुन नसकेको ‘परदेशी २’ अब आगामी वर्षको कात्तिक ३ गतेबाट प्रदर्शन हुने भएको छ । शनिबार निर्माण टिमले एक भिडियोमार्फत् प्रदर्शन मिति घोषणा गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2023-03-26, आईतवार

आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको कवि उपेन्द्र सुब्बाद्वारा निर्देशित डेब्यू फिल्म ‘जारी’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमा सार्वजनिक ट्रेलरले सुखद प्रतिक्रिया प्राप्त गरेपछि शनिबार नै निर्माण पक्षले फिल्ममा समावेश ‘चरी बस्यो’ बोलको रोमान्टिक थिमको गीत सार्वजनिक गरेको हो । गीतमा कालीप्रसाद बास्कोटाको शब्द, संगीत तथा स्वर छ ।

Results : 4501 - 4506 of 24031
Most Visited News (monthly)