

‘मिलन’ फेम्ड निर्देशक टेक पौरखी राईको निर्देशनमा बन्न लागेको फिल्म ‘जय हो’मा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन् । आइतबार आफ्नो जन्मदिनको अवसरमा प्रस्तुतकर्ता शोभित बस्नेतले केकीसँग लिखित सम्झौता गरेका हुन् । अब फिल्ममा उनको जोडी अभिनेता सलोन बस्नेतसँग बाँधिनेछ । अघिल्लो महिना मात्र केकीले फिल्म ‘प्रसाद २’को छायांकन सकाएकी थिइन् ।

गत चैतमा प्रदर्शनमा आएको एभरेष्ट सूर्य बोहराद्वारा निर्देशित तथा विक्रम डि जोशीद्वारा निर्मित फिल्म ‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली फिल्म बनेको छ । नेपालमा सार्वजनिक प्रदर्शनी पश्चात् विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा सहभागिता जनाएको फिल्मले अहिलेसम्म ८ वटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको निर्देशक बोहराले जानकारी दिएका छन् ।

बलिउड इन्डस्ट्रीमा सम्मानित छवि बनाएकी अभिनेत्री मनिषा कोइराला पाठेघरको क्यान्सरलाई जितेपछि अभिनयमा सक्रिय छिन् । उनी अभिनीत नयाँ बलिउड फिल्म ‘शहजादा’ फेब्रअरी १० तारिखबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा उनले अभिनेता कार्तिक आर्यनको आमाको भूमिका निर्वाह गरेकी छन् । भारतमा कार्तिक फिल्मको प्रचार-प्रसारमा दौडिरहँदा मनिषा भने नेपालमा छिन् ।

दुई महिनादेखि सुस्ताएको नेपाली फिल्मको बजारलाई शक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्यारी कि प्यारी’ले लयमा फर्काउने संकेत देखाएको छ । पहिलो दिन दर्शकको अपेक्षाकृत साथ नपाएको फिल्मले शनिबार दिउँसोबाट भने देशभर ६०/७० प्रतिशत आसपास अकुपेन्सी कायम गरेको छ । गत कात्तिकमा रिलिज भएको फिल्म ‘महापुरुष’पछि हलमा यो अवस्था देखिएको थिएन ।

फरक चरित्र छनोट र अभिनयमा फरकपन ल्याउने गरेका अभिनेता विपिन कार्कीले आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फूलबारी’मा आफ्नो उमेरभन्दा झन्डै दोब्बर बढी पाको उमेरको पुरुषको भूमिका निर्वाह गरेका छन् । यो भूमिका निर्वाह गर्न चुनौती महसूस भएको उनको अनुभव छ । तर, नयाँखालको रोल गर्न आफूलाई सधैं मन लाग्ने गरेको उनी बताउँछन् ।

