
नेपाली फिल्मका प्रिमियर प्रायः भव्य हुन्छन् तर व्यवस्थित हुँदैनन् । दुईटा हलमा पनि नअट्ने गरी गुनगान सुन्न प्रिमियरमा अतिथी बोलाइन्छ अनि एउटै हलभित्र सबैलाई कोचिन्छ । जब सिट अभाव हुन्छ अनि हलको सिढीमा बसेर अतिथीले फिल्म हेर्नु पर्ने हुन्छ । त्यसबेला प्रिमियर कम, माछा बजार बढी लाग्ने गर्छ । अतिथीको भिडभाड रहेको अवस्थामा त झन् पत्रकारलाई मान्छे नै गनिन्न ।


डा. भोला रिजाललाई चिकित्सकको रुपमा मात्र चिन्दा अन्याय हुन सक्छ । उनको परिचयको आयाम फराकिलो छ । उनी फिल्म निर्माता, लेखक तथा गीतकार पनि हुन् । एक समय ‘छोरी बुहारी’, ‘एक नम्बरको पाखे’, ‘साथी’ जस्ता सफल फिल्मको निर्माण गरेका उनी विगत केही वर्षयता फिल्म निर्माणभन्दा पेशागत क्षेत्रमा व्यस्त थिए । यद्यपि, उनले गीत लेखन भने रोकेका थिएनन् ।

‘कृष्ण लीला’ फेम्ड निर्देशक दीपक वलीले अभिनेता प्रदीप खड्कालाई मुख्य भूमिकामा लिएर बनाउन लागेको फिल्म ‘कामिनो’का लागि अभिनेत्रीको अफर वर्षा सिवाकोटीलाई गरिएको खुलेको छ । मंगलबार वर्षाले आफ्नो फेसबुकमा निर्देशक वली, कार्यकारी निर्माता सुनिल विष्ट गौली र सञ्चार संयोजक लक्ष्मण सुवेदीसँगको एक तस्बिर साझेदार गर्दै ‘भेटघाट’ भनेर क्याप्सन लेखेकी छन् ।

दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गर्ने फिल्ममा गीतको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसैले उनीहरु स्क्रिप्टमा जति मिहिनेत गर्छन्, गीत छनोटमा पनि उतिक्कै गम्भीर र सचेत हुने गरेका छन् । यसैको प्रतिफल हो, यो समुहका हरेक फिल्मका गीतहरु लोकप्रिय छन् । सोमबार सार्वजनिक फिल्म ‘छक्का पञ्जा ४’को ‘दर्शन सलाम’ गीतले पनि हिटको संकेत गरिसकेको छ ।

आगामी फागुन १९ गतेबाट प्रदर्शन हुन लागेको हेमराज विसी निर्देशित फिल्म ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक भएको छ । लोक शैलीको ‘दर्शन सलाम’ बोलको सार्वजनिक गीतमा डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर छ भने राजेन्द्र थापाको शब्द रचना र दीपक शर्माले संगीत भरेका छन् । चुनावको पृष्ठभूमिमा तयार पारिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

