
साउथकी चर्चित अभिनेत्री काजल अग्रवालले केही बलिउड फिल्ममा समेत काम गरिसकेकी छन् । ‘सिंघम’, ‘स्पेशल २६’, ‘मुम्बई सागा’, ‘क्यु ! हो गया ना’ जस्ता बलिउड फिल्ममा काम गरेकी उनले पछिल्लो समय साउथ फिल्मलाई नै प्राथमिकता दिएकी छन् । उनी आफैंलाई पनि बलिउडभन्दा साउथ फिल्ममा काम गर्न मनपर्छ । किनकी, काजललाई साउथ इन्डस्ट्री व्यावसायिक लाग्छ ।

भारतीय शब्दकोशमा भेटिने शब्द हो, ‘प्रेमा’ । यसको अर्थ ‘प्रेम’ भन्ने हुन्छ । यही प्रेमको विषयमा ‘प्रेमा’ नाम राखेर निर्माण भएको फिल्म शुक्रबारबाट प्रदर्शनमा आएको छ । ‘रणवीर’ जस्तो एक्सन फिल्म बनाएका गोविन्द सिंह भण्डारीको निर्देशन तथा लेखन रहेको फिल्ममा शुभेक्क्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । उनीहरुमै फिल्मको कथाले परिक्रमा गरेको छ ।

रेनशा वान्तवा राईद्वारा निर्देशित डान्स ड्रामा फिल्म ‘आई एम ट्वान्टी वान’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘योद्धा’ बोलको गीतमा त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर, स्वप्निल शर्माको शब्द, स्वप्निल र रोहित शाक्यको संगीत छ । गीतको अडियो पक्ष जति सशक्त छ, भिडियोमा फिल्मका प्रमुख दुई पात्र धिरज मगर र जसिता गुरुङले नृत्यमा गरेको मिहिनेत उस्तै उम्दा छ ।

‘पञ्जेबाजा’ फेम्ड निर्देशक घनश्याम लामिछानेको निर्देशनमा फिल्म ‘चित्रा’ बन्ने भएको छ । बिहीबार राम नवमीको अवसर पारेर फिल्मको निर्माण घोषणासँगै प्रमुख भूमिकामा अभिनय गर्ने कलाकारको नाम सार्वजनिक गरियो । आगामी भदौबाट छायांकनमा जान लागेको फिल्ममा अभिनेता अर्पण थापा र ‘आमा’ फिल्मका निर्माता समेत रहेका सन्तोष अधिकारीको मुख्य भूमिका रहनेछ ।

आफूले मार्गदर्शक र आदर्श मानेको व्यक्तिले आफ्नो कामको प्रशंसा गर्दा जोकोहीलाई त्योभन्दा खुशीको क्षण सम्भवतः अरु हुँदैन । जीवनको सबैभन्दा ठूलो कमाई नै त्यही हो । बिहीबार फिल्म ‘बुलाकी’को ट्रेलर रिलिज कार्यक्रममा नेपाली फिल्मका नामी कलाकार तथा निर्देशक रमेश बुढाथोकीले आफ्नो अभिनय कलाको प्रशंसा गर्दा अभिनेत्री सुरक्षा पन्त नतमस्तक बनेकी थिइन् ।

आगामी बैशाख १० गते तीनवटा क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि विभिन्न पार्टीहरु उम्मेदवारको नाम टुंगो लगाउन जुटेका छन् । यसबीच, बारा क्षेत्र नं. २ बाट चुनाव लड्न राष्ट्रिय स्वतन्त्र पार्टीले अभिनेता विराज भट्टलाई प्रस्ताव राखेको थियो । तर, उनले उक्त प्रस्ताव स्वीकार नगरेपछि स्वतन्त्र पार्टीले रमेश खरेल र युवराज न्यौपानेको नाम प्रारम्भिक उम्मेदवारको सूचीमा राखेको छ ।

