Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4489 - 4494 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-03-31, शुक्रवार

गत फागुन १९ गते प्रदर्शनमा आएको दुई फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के २’पछि नेपाली हलमा स्वदेशी फिल्म प्रदर्शनमा आएका थिएनन् । यसको एउटा कारण ‘छक्का पञ्जा ४’को डर पनि थियो । यो फिल्मको चार हप्तासम्मको व्यापार अंक हेर्दा अन्य फिल्मले प्रदर्शनका लागि डर मान्नु स्वभाविक पनि देखिन्छ । अब भने हलमा शुक्रबारबाट नयाँ नेपाली फिल्म ‘प्रेमा’ प्रदर्शनमा आएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-03-30, बिहिवार

आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको लक्ष्मण सुनारद्वारा निर्देशित फिल्म ‘बुलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा कर्णाली क्षेत्रमा प्रचलनमा रहेको जारी प्रथाको विकराल रुप देखाइएको छ । ट्रेलरमा फिल्मभित्रका तीन प्रमुख पात्रहरु सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टलाई केन्द्रमा राखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-03-30, बिहिवार

विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ६’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार इन्टरनेट रिलिज गरिएको ट्रेलर प्रेम र वियोगले भरिएको छ । अनुभव रेग्मी र योगिशा खत्रीको प्रेमबाट सुरु भएको ट्रेलर डेब्यू ब्वाई आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्माको प्रेम वियोगमा पुगेर टुंगिएको छ । ट्रेलरमा आँचलको प्रेमका खातिर आशिर्वादले गरेको एक्सन पनि समावेश छ ।

फिल्मीखबर, काठमाडौं, 2023-03-30, बिहिवार

आफ्नो सन्तान हरेक आमालाई प्यारो हुन्छ । फिल्म पनि कलाकारका लागि सन्तान हो । प्रि-प्रोडक्सनदेखि डबिङसम्म महिनौं दिन लाग्छ । भलै, त्यसको उनीहरुले पारिश्रमिक पाउँछन् । तर, मिहिनेत र समय पारिश्रमिकभन्दा पनि मूल्यवान हुन्छ । फिल्ममा काम गरेपछि प्रदर्शनसम्म साथ-सहयोग गर्नु कलाकारको धर्म नै हो । जसरी एउटी आमाले सन्तानलाई हुर्काइ-बढाइ सक्षम बनाउँछिन् ।

फिल्मीखबर, काठमाडौं, 2023-03-30, बिहिवार

कलाकारहरुको प्रेम गाँसिनु र ब्रेकअप हुनु संसारमै नौलो कुरा होइन । न त नेपाली फिल्म क्षेत्रमा । हरेक हप्ता वा महिनामा कुनै न कुनै कलाकारको प्रेम र ब्रेकअपको खबरले मिडियाका पेज थ्री भरिने गरेको हुन्छ । यतिबेला अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअपको चर्चाले फिल्म क्षेत्र गर्माएको छ । यी दुवैले ५ वर्षभन्दा लामो प्रेम सम्बन्धलाई पूर्णविराम लगाएको चर्चा छ ।

फिल्मीखबर, काठमाडौं, 2023-03-30, बिहिवार

यही शुक्रबारबाट प्रदर्शन हुन लागेको गोविन्द सिंह भण्डारीद्वारा निर्देशित प्रेमकथानक फिल्म ‘प्रेमा’ले प्रिमियरमा सुखद प्रतिक्रिया पाएको छ । बुधबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा उपस्थिति भएका अतिथिहरुले कलाकारको अभिनय, कथावस्तु, निर्देशकीय पक्ष र छायांकनको प्रशंसामा शब्द खर्चिए । फिल्मको प्रशंसा हुँदा निर्देशकदेखि कलाकारसम्म हर्षित भावमा देखिन्थे ।

Results : 4489 - 4494 of 24031
Most Visited News (monthly)