Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4441 - 4446 of 23812
फिल्मीखबर, काठमाडौं, 2023-02-16, बिहिवार

मल्टीस्टारर फिल्म ‘फूलबारी’ यही शुक्रबारबाट प्रदर्शनको तयारीमा छ । ‘कबड्डी’ समुहको फिल्म भएकाले दर्शकमा अपेक्षा उच्च छ भने कात्तिकदेखि खडेरी बेहोरिरहेको नेपाली फिल्मको बजारलाई चलायमान बनाउने आशा पनि गरिएको छ । एउटा परिवारमा आउने उतारचढावको कथामा निर्माण भएको फिल्मको ट्रेलरले जुनखालको प्रतिक्रिया पाएको छ, त्यसले सफलताको संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-16, बिहिवार

‘क्लासिक’, ‘नोभेम्बर रेन’ जस्ता सफल लभस्टोरी फिल्मका निर्देशक दिनेश राउत लामो समयपछि लभस्टोरी फिल्ममा फर्किँदैछन् । उनले गायक स्वप्न सुमनलाई अभिनेताको रुपमा डेब्यू गराउँदै लभस्टोरी फिल्म बनाउन लागेका हुन् । अहिले स्वप्नले अभिनय सिकिरहेका छन् । आगामी बैशाखबाट छायांकन थालनी गर्ने तयारी गरिएको फिल्मको पटकथा विकास सुवेदीले लेखिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-02-16, बिहिवार

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं. १ को आयोजनामा यही फागुन ७ गतेदेखि १७ गतेसम्म सुनसरीको सदरमुकाम इनरुवामा ‘प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव २०७९’ हुने भएको छ । सुरुवातमा ५ दिनसम्म मात्र महोत्सव गर्ने तयारी गरिएको भए पनि इनरुवावासीको उत्साह र चासोलाई ध्यानमा राख्दै ११ दिनसम्म लम्ब्याइएको महासंघ अध्यक्ष अरुण कुमार प्रधानले बताए ।

फिल्मीखबर, काठमाडौं, 2023-02-15, बुधवार

दीपक वलीको निर्देशनमा बन्न लागेको फिल्म ‘कामिनो’मा नीति शाह भित्रिएकी छन् । केही चरणको छलफलपछि बुधबार निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो । टिम, स्क्रिप्ट र चरित्र मन परेपछि उनी फिल्ममा काम गर्न राजी भएको जनाइएको छ । फिल्ममा उनको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिनेछ । यसअघि उनीहरुले केही विज्ञापनमा एकसाथ काम गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-02-15, बुधवार

गत कात्तिकपछि नेपाली फिल्मको बजारमा खडेरी लागेको छ । यो बीचमा बलियो स्टारकास्ट भएका केही फिल्म प्रदर्शनमा आए पनि न गतिलो प्रतिक्रिया पाए न कमाईमा उछाल ल्याए । कात्तिकदेखि माघसम्म मात्र १० करोड बढी पानीमा मिलेको छ । माघ २० गतेबाट प्रदर्शित फिल्म ‘ह्यारी कि प्यारी’को व्यापार भने केही सुखद छ, तर लगानीको एक तिहाई पनि उठाउन असम्भव छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-15, बुधवार

बलिउड सुपरस्टार सलमान खानका प्रशंसक नेपालमा अगन्य छन् । उनका फिल्म प्रदर्शनमा आउँदा ‘फर्स्ट डे, फर्स्ट शो’ हेर्नेदेखि जन्मदिनसम्म धुमधामले मनाउने गर्छन् । नेपाली सेलिब्रेटीहरु समेत ‘सलमान प्रेमी’ छन् । अभिनेत्री सुष्मा कार्की त छुट्दै नछुट्ने नाम हो । आफ्नो कोठाको भित्तामा सलमानसँगको तस्विर नै प्रिन्ट गरेकी छन् उनले । उनको जन्मदिन समेत ‘सलमानमय’ बन्छ ।

Results : 4441 - 4446 of 23812