Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4423 - 4428 of 23812
फिल्मीखबर, काठमाडौं, 2023-02-21, मंगलवार

फिल्म ‘ड्रिम्स’बाट सशक्त रुपमा उदाएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दोस्रो फिल्म ‘ए मेरो हजुर २’बाट पनि सफलताको स्वाद चाखिन् । यी दुई फिल्मले उनलाई बलियो स्टारडम मात्र दिलाएनन्, राम्रो अभिनय गर्न सक्ने अभिनेत्रीको रुपमा पनि चिनायो । लगभग यसपछि उनले करिअर पछाडि फर्केर हेर्नु परेको छैन । उनलाई फिल्ममा लिन निर्माताहरुबीच प्रतिस्पर्धाकै अवस्था छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-20, सोमवार

कुनै समय अभिनेता भुवन केसीको टाउको पोस्टरमा राखेको भरमा मात्रै पनि फिल्म ब्लकबस्टर हुन्थे । त्यसबेला उनको ठूलो चाम थियो । अहिले उनका छोरा अनमोलको हकमा लगभग यही अवस्था छ । डेब्यू फिल्मदेखि अभिनयको आलोचना खेप्दै आएका छन् उनले । तर, त्यसको असर उनको स्टारडममा परेको छैन । उनलाई हेर्नकै लागि भए पनि हल पुग्ने दर्शकको संख्या ठूलो छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-20, सोमवार

फिल्म रिलिज भएपछि कलाकारदेखि निर्देशकसम्मले क्यामेराधारी मिडियाकर्मी बोकेर दर्शक भेट्न हल-हल चहार्ने लहड झैं छ । पर्दाको कलाकार आँखा अगाडि देख्दा दर्शकहरु फोटोका लागि झुम्मिन्छन् अनि त्यही भीड देखाएर फिल्म चलेको डंका पिटिन्छ । अचेल कलाकारहरु हल पुगेर दर्शकसँग गाला जोडेको फोटो नखिचेसम्म त फिल्मै नचलेको जस्तो देखिने अवस्था आएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-19, आईतवार

आगामी चैत १० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘ए साथी सुन’को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार सार्वजनिक शीर्ष रोमान्टिक गीतमा सुरज अधिकारीको संगीत र रविना मगरको शब्द रचना छ भने अञ्जु पन्त र किरण भुजेलको युगल स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा रमेश बानियाँ र वर्षा सिवाकोटी रोमान्टिक भावमा प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-02-19, आईतवार

गत पुष अन्तिम साता छायांकन सकिएको फिल्म ‘प्रसाद २’को यतिबेला पोस्ट प्रोडक्सनको काम चलिरहेको छ । सफल फिल्मको प्रिक्वेल भएकाले पोस्टबाटै विदेश राइट्स विक्री हुन थालेको छ । यसको सुरुवात अष्ट्रेलियाबाट भएको छ । गोर्खे इन्टरटेनमेन्टका रन्जित राज वन्त र नमस्ते इन्टरटेनमेन्ट अष्ट्रेलियाका सञ्चालक देव कार्कीले यो फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार लिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-02-19, आईतवार

शुक्रबारबाट नेपालमा प्रदर्शन थालेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ले घरेलू बक्सअफिसमा सुखद कमाई गरिरहेको छ । प्रदर्शनको पहिलो दिन दिवा शोबाट ‘पिकअप’ लिएको फिल्मले शनिबार महाशिवरात्रीको विदामा देशभर लगभग हाउसफुल दर्शकको साथ पाएको थियो । बलियो ‘वर्ड अफ माउथ’का कारण आइतबार पनि हलहरुमा दर्शकको चाप सुखद देखिएको छ ।

Results : 4423 - 4428 of 23812