Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4429 - 4434 of 23812
फिल्मीखबर, काठमाडौं, 2023-02-19, आईतवार

फिल्मको नायकको सम्बन्धमा रहेको परम्परागत धारणा भत्काएका अभिनेता दयाहाङ राई अभिनयमा अब्बल छन् । यसैले त उनी विगत एक दशकदेखि नेपाली फिल्ममा गजबले छाइरहेका छन् । मौलिक र खाँटीपनको कथामा फिल्म बनाउन चाहने धेरैजसो निर्माता-निर्देशकको पहिलो रोजाइमा उनी नै पर्ने गर्छन् । उनले पनि राजेश हमाल शैलीमा फिल्मको संख्या बढाउँदै लागेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-02-19, आईतवार

सफल निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी तथा अभिनेत्री सुप्रिया कटुवाललाई पुत्रलाभ भएको छ । शनिबार पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा सुप्रियाले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । सुदर्शनले सन्तान र आमाको तस्विर फेसबुकमा पोस्ट गर्दै आफू पिता बनेको खुसी साटेका छन् । उनले छोराको नाम प्रियदर्शन राखेको पनि जानकारी गराएका छन् ।

मनिष अन्जान, काठमाडौं, 2023-02-18, शनिवार

परम्परागत कथ्यशैलीलाई भत्काउने एउटा सशक्त फिल्म थियो, ‘कबड्डी’ । र, यसलाई निर्देशन गरेका थिए रामबाबु गुरुङले । फिल्ममा थकाली संस्कार, संस्कृति र परिवेशलाई यसरी बुनिएको थियो कि साँच्चै मौलिक आभास गराएको थियो । दर्शकले पनि ताजा महसूस गरे । तर, के यसपछि निर्देशक गुरुङले मौलिकपन आभास गराउने कथा भन्न सकेका छन् ? नेपाली समाजलाई सुक्ष्म अध्ययन गरेर त्यहाँका कथा-व्यथालाई उधिन्न सकेका छन् ? जवाफ एउटै छ, उनी सिर्जनात्मक कम, बजारमुखी बढी भएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-02-18, शनिवार

राम राघव आचार्यको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘ए साथी सुन’को आगामी चैत १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको दुईटा पोस्टरमध्ये एउटामा अभिनेत्री वर्षा सिवाकोटी घाइते अवस्थामा डराएको भावमा चित्रित छिन् । अर्को पोस्टरमा उनलाई पृष्टभूमिमा राखिएको छ भने डेब्यू ब्वाई रमेश बानियाँ रिसाहा लुकमा प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-02-18, शनिवार

आगामी चैत १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘मन मनमा’ बोलको रोमान्टिक गीतमा रिकेश गुरुङ र सुबानी मोक्तानको युगल स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द रचना तथा सुशान्त स्वयंको संगीत छ । भिडियोमा शुभेक्क्षा खड्का र अरुण क्षेत्रीबीच प्रेम अंकुराएको देखाइएको छ । शुभेक्क्षा सोझी युवतीको रुपमा चित्रित छिन् ।

फिल्मीखबर, काठमाडौं, 2023-02-17, शुक्रवार

यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक भएको छ । फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको शुक्रबार सार्वजनिक ३ मिनेट २० सेकेन्डको ट्रेलरमा राजनीतिक विकृतिलाई प्रस्तुत गरिएको छ । पिताको राजनीतिक विरासत जोगाउन राजनीतिमा होमिएका दीपकराज गिरी (राजा) लाई खराब स्वभाव र शैलीको नेताको रुपमा चित्रण गरिएको छ ।

Results : 4429 - 4434 of 23812