
अमेरिकामा आयोजित ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा उत्कृष्ट फिल्म र अभिनेताको अवार्ड जितेको फिल्म ‘हल्कारा’को प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी बैशाख २९ गतेबाट फिल्म प्रदर्शनमा आउन लागेको हो । अमेरिकामा बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा महेश त्रिपाठी र बिनिता थापा मगरको मुख्य भूमिका छ ।

विवाह बन्धनमा बाँधिएपछि अभिनेत्री वर्षा सिवाकोटीले नयाँ फिल्ममा काम गरेकी छैनन् । झन्डै एक वर्षपछि यसै हप्ता नयाँ फिल्म ‘कामिनो’ सम्झौता गरेकी उनले शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘मनसँग मन’ कोभिडभन्दा अघि नै गरेकी थिइन् । उनले विवाहपछि म्यूजिक भिडियोमा पनि उत्ति गरेकी छैनन् । जसले गर्दा उनी फिल्म र म्यूजिक भिडियो छनोटमा चुजी हुन थालेको देखिएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्ष बन्न रातारात सत्तामा रहेको पार्टीमा आबद्ध भएका अभिनेता भुवन केसी आफ्नो उद्देश्यमा सफल भए । दुई वर्षका लागि बोर्डको अध्यक्ष हाँक्ने जिम्मेवारी पाएका उनले ७ महिनाको अवधिमा देखिने गरी र उपलब्धिमुलक काम गर्न सकेका छैनन् भन्दा गलत हुँदैन । यो अवधिमा उनका श्रृंखलाबद्ध विवाद मात्र रिलिज भए । र, हरेक विवाद ब्लकबस्टर भए ।

विवाह बन्धनमा बाँधिएर आमा भएपछि अभिनयमा पुनः सक्रिय हुन थालेकी अभिनेत्री प्रियंका कार्कीको यस वर्षका लागि तेस्रो फिल्म ‘फूलबारी’ आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यस वर्ष प्रदर्शन भएका दुई फिल्म ‘लक्का जवान’ र ‘चि मुसी चि’ असफल भएका कारण यो फिल्मको सफलता उनका लागि अनिवार्य छ । र, उनी कन्टेन्ट बलियो भएकाले फिल्म सफल हुनेमा विश्वस्त छिन् ।

एक समय नेपाली फिल्ममा सशक्त उपस्थिति जनाएका अभिनेता राजबल्लभ कोइराला एक दशकदेखि काँचको पर्दामा देखिएका छैनन् । अमेरिकामा बस्दै आएका उनले पछिल्लो पटक २०७० सालमा फिल्म ‘६ एकान ६’मा काम गरेका थिए । अब उनले १० वर्षपछि फिल्म ‘कामिनो’बाट पुनरागमन गर्ने भएका छन् । शनिबार उनी स्वयंले फिल्ममा आफू आबद्ध भएको जानकारी गराए ।

अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको डा. कपिल रिजालद्वारा निर्देशित फिल्म ‘ह्यारी कि प्यारी’ले दोस्रो साताको शनिबार घरेलू बक्सअफिसमा सुखद् कमाई गरेको छ । अघिल्लो शनिबार पनि फिल्मको व्यापार सुखद् थियो । दोस्रो शनिबार राजधानीका क्यूएफएक्सको भक्तपुर, लाबिम मलका साथै वान सिनेमा, एफक्यूबलगायतमा फिल्मको दिवा र रात्री शो प्रायः हाउसफुल थिए ।

