Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4447 - 4452 of 23812
फिल्मीखबर, काठमाडौं, 2023-02-15, बुधवार

यही फागुन ५ गतेबाट प्रदर्शनमा आउन लागेको ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलरमा अभिनेत्री प्रियंका कार्कीलाई खराब स्वभावकी बुहारीको रुपमा प्रस्तुत गरिएको छ । उनले सासु-सुसराप्रति गरेको व्यवहार अत्यन्त अस्वभनीय र निन्दनीय देखिन्छ । तर, आफूले निर्वाह गरेको भूमिकामा कतिले अपनत्व महसूस पनि गर्न सक्ने उनको विश्वास छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-14, मंगलवार

आगामी बैशाख १ गते अर्थात् नयाँ वर्षबाट प्रदर्शनमा आउन लागेको ‘कबड्डी’ समुहको फिल्म ‘जारी’को टिजर सार्वजनिक भएको छ । मंगलवार युट्युबमा सार्वजनिक गरिएको टिजरमा लिम्बु समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ । लिम्बु समुदायमा गाइने ‘पालाम’लाई कथावाचनको रुपमा प्रयोग गरिएको टिजरमा एक लिम्बु दाम्पतीको कथा भनिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-14, मंगलवार

अभिनेत्री मिथिला शर्माको मुख्य भूमिका रहेको फिल्म ‘बाटो’को छायांकन ८ महिनामा सकिएको छ । गत वर्षको जेठ २९ गतेबाट छायांकन सुरु भएको फिल्मको यही फागुन १ गते सोमबार अन्तिम दृश्य खिचियो । विभिन्न प्राविधिक कारणले नियमित छायांकन नहुँदा फिल्म ‘प्याकअप’ हुन ८ महिना लागेको हो । फिल्मको अन्तिम दृश्य काठमाडौंको कालोपुलस्थित एक घरमा कैद गरियो ।

फिल्मीखबर, काठमाडौं, 2023-02-14, मंगलवार

आगामी चैत ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हुक्का’को रोमान्टिक पोस्टर सार्वजनिक भएको छ । ‘भ्यालेन्टाइन डे’को अवसरमा मंगलवार सार्वजनिक गरिएको पोस्टरमा फिल्मका प्रमुख कलाकार तेज गिरी र अशु न्यौपाने प्रेमिल भावमा प्रस्तुत छन् । पोस्टरले फिल्ममा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा रहेको बुझाउँछ । किनकि, अशुको सिउँदोमा सिन्दूर र गलामा पोते छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-14, मंगलवार

हेमराज विसीको निर्देशनमा बन्न लागेको फिल्म ‘जेरी अन टप’को थिम पोस्टर सार्वजनक भएको छ । मंगलवार ‘भ्यालेन्टाइन डे’को अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा एक युवालाई ट्रेकिङ गरिरहेको देखाइएको छ । तर, अनुहार चिन्न सकिन्न । फिल्ममा अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने भएकाले पोस्टरमा उनलाई सांकेतिक रुपमा चित्रित गरिएको हुनसक्ने बुझिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-14, मंगलवार

एउटै कलाकारको फिल्म लगालग प्रदर्शनमा आउनु सुखद होइन । त्यसमाथि मुख्य भूमिकामा रहेको कलाकारको फिल्म एउटा हलबाट नउत्रिँदै अर्को लाग्दा जोखिम सर्वाधिक हुने गर्छ । यो अवस्थामा दर्शक त ‘कन्फ्यूज’ हुन्छन् नै, व्यवसायिक सफलताको सम्भावना पनि कम रहन्छ । यसैले एउटै कलाकारको अभिनय रहेको फिल्मको रिलिज अन्तर बढाउनु नै सबैभन्दा बुद्धिमानी हो ।

Results : 4447 - 4452 of 23812